धनगढी । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका –१६ स्थित घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि आफूले नै केन्द्रीय समितिमा प्रस्ताव राखेर रुपान्तरण अभियान सञ्चालनका लागि सर्वसम्मत निर्णय गराएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उहाँले यो अभियानमा पूर्वका नेतालाई पश्चिम, पश्चिमकालाई पूर्व, हिमालकालाई तराई–मधेस र तरार्ई–मधेसका नेतालाई हिमाल पहाडका वडामा खटाएर अभियान जारी राखेको बताए । अभियानले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डले बताए । अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
यसैगरी, नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीनको भ्रमणपछि अमेरिकाको भ्रमण गरेको बताए । रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्रको अध्यक्ष एवम् मुलुकको प्रधानमन्त्रीको हैसियतले आफूले सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा १६ मा पुगेको बताए। उनले यो आफ्नो छैटौं वडा रहेको उल्लेख गर्दै बाँकी रहेको कोशी प्रदेशको कुनै एक वडामा पनि आफू पुग्ने बताए ।
यस्तै, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने, बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, जाखोर तालमा पिकनिक स्थल बनाउनुपर्ने मागप्रति आफू सकारात्मक रहेको उनले बताए ।
यसैगरी, धनगढी उपमहानगरपालिका –१५ देखि बनकटीसम्म १५ किलोमिटर कालोपत्रे कृषि सडक निर्माण, धुरजन्ना–डुमलिया जोड्ने शिवगंगा नदीमा मोटरेबल पुल निर्माण, कैलारी –९ सिमराना, कोइलही, गदरिया जोड्ने घुरहा नदीमा पुल निर्माणको मागप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: