Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

अलमलमै रह्यो एकता समायोजन समिति बनाउन माओवादी

अनौपचारिक रुपमा वार्ता टोली सक्रिय

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) एकता समायोजन समिति बनाउने नबनाउने सम्बन्धमा अलमलमा परेको छ । मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको भेटवार्तामा दुवैतर्फका शीर्ष नेतृत्वसहित एकता समायोजन समिति बनाएर जाने प्रस्ताव भए अनुसार माओवादी केन्द्र एकता समायोजन समिति बनाउन अलमलमा परेको हो । 

पार्टी एकताका लागि माओवादीबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता समायोज समिति बनाउने र नेसपाबाट भट्टराईको नेतृत्वमा समिति बनाउने सहमति भएको र भट्टराई नेतृत्वमा समिति बने पनि माओवादीमा भने अझै बन्न सकि रहेको छैन । सहमति बमोजिम मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समितिले भट्टराईको नेतृत्वमा समायोजन समिति बनाएको थियो । जसमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र डा। जनक यादव सदस्य छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी प्रचण्ड कोप–२८ मा भाग लिएर फर्किएपछि एकता समायोजन समिति बनाउने माओवादी केन्द्रका नेताहरूले बताएका थिए । तर अहिलेसम्म प्रचण्डको नेतृत्वमा समायोजन समिति बनाउनेरनबनाउने सम्बन्धमा स्पष्ट भइसकेको छैन । कृष्णबहादुर महरा नेतृत्वको वार्ता कार्यदलले नै एकता प्रक्रिया अगाडि बढाइरहेकाले तत्काल अध्यक्षको नेतृत्वमा समिति बन्ने सम्भावना नरहेको माओवादीका एक नेताले बताए । यद्यपि आवश्यक परे अध्यक्षलाई राखेर निर्णय लिन सकिने उनको भनाइ छ ।

यता नेसपाका महासचिव यादवले माओवादीमा समायोजन समिति गठन नभए पनि अनौपचारिक रुपमा छलफल भइरहेको जिकिर गरेका छन् ।

विचार मिल्ने पार्टीबिच एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन  गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत सदस्य छन् । साउनमा बसेको केन्द्रीय समितिले महरालाई समाजवादी मोर्चा र पार्टी एकता संयोजक बनाएको थियो ।

एकताका लागि दुवै पक्षबिच औपचारिक छलफल नभएपनि अनौपचारिक रुपमा वार्ता टोली सदस्यहरू सक्रिय रहेको दुवै पार्टीका शीर्ष नेताहरूले दाबी गरेका छन् । यसबिचमा प्रचण्ड र बाबुराम, देव गुरुङ र रमेश, महिन्द्र, गंगा र प्रचण्डबिच अनौपचारिक छलफल भइसकेको छ ।

उनीहरूले पार्टीको नाम र चिह्नमा खासै विमति नभए पनि समाजवादी राजनीतिक–वैचारिक कार्यदिशा, सांगठनिक संरचनाबारे बहस र छलफल भइरहेको बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending