काठमाडौं । नेकपा (माओवादी केन्द्र) एकता समायोजन समिति बनाउने नबनाउने सम्बन्धमा अलमलमा परेको छ । मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको भेटवार्तामा दुवैतर्फका शीर्ष नेतृत्वसहित एकता समायोजन समिति बनाएर जाने प्रस्ताव भए अनुसार माओवादी केन्द्र एकता समायोजन समिति बनाउन अलमलमा परेको हो ।
पार्टी एकताका लागि माओवादीबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता समायोज समिति बनाउने र नेसपाबाट भट्टराईको नेतृत्वमा समिति बनाउने सहमति भएको र भट्टराई नेतृत्वमा समिति बने पनि माओवादीमा भने अझै बन्न सकि रहेको छैन । सहमति बमोजिम मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समितिले भट्टराईको नेतृत्वमा समायोजन समिति बनाएको थियो । जसमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र डा। जनक यादव सदस्य छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी प्रचण्ड कोप–२८ मा भाग लिएर फर्किएपछि एकता समायोजन समिति बनाउने माओवादी केन्द्रका नेताहरूले बताएका थिए । तर अहिलेसम्म प्रचण्डको नेतृत्वमा समायोजन समिति बनाउनेरनबनाउने सम्बन्धमा स्पष्ट भइसकेको छैन । कृष्णबहादुर महरा नेतृत्वको वार्ता कार्यदलले नै एकता प्रक्रिया अगाडि बढाइरहेकाले तत्काल अध्यक्षको नेतृत्वमा समिति बन्ने सम्भावना नरहेको माओवादीका एक नेताले बताए । यद्यपि आवश्यक परे अध्यक्षलाई राखेर निर्णय लिन सकिने उनको भनाइ छ ।
यता नेसपाका महासचिव यादवले माओवादीमा समायोजन समिति गठन नभए पनि अनौपचारिक रुपमा छलफल भइरहेको जिकिर गरेका छन् ।
विचार मिल्ने पार्टीबिच एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत सदस्य छन् । साउनमा बसेको केन्द्रीय समितिले महरालाई समाजवादी मोर्चा र पार्टी एकता संयोजक बनाएको थियो ।
एकताका लागि दुवै पक्षबिच औपचारिक छलफल नभएपनि अनौपचारिक रुपमा वार्ता टोली सदस्यहरू सक्रिय रहेको दुवै पार्टीका शीर्ष नेताहरूले दाबी गरेका छन् । यसबिचमा प्रचण्ड र बाबुराम, देव गुरुङ र रमेश, महिन्द्र, गंगा र प्रचण्डबिच अनौपचारिक छलफल भइसकेको छ ।
उनीहरूले पार्टीको नाम र चिह्नमा खासै विमति नभए पनि समाजवादी राजनीतिक–वैचारिक कार्यदिशा, सांगठनिक संरचनाबारे बहस र छलफल भइरहेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: