धनगढी । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’
जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार इजरायल जान लागेको जानकारी समेत गराएका छन् । हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ । जोशीका आमाबुवा झण्डै दुई महिनादेखि उनको रिहाइको माग गर्दै आएका छन् ।
‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्री पनि इजरायल जाँदै हुनुहुन्छ भन्नुभयो । विपिनकै लागि हो कि होइन थाहा भएन’, जोशीले भने, ‘एकपटक सम्पर्कमा आए छोरा फर्किहाल्नेथियो ।’ प्रधानमन्त्री आउने खबर पाएपछि शुक्रबार बिहान महेन्द्रनगरदेखि धनगढी आएका विपिनका आमाबुवा उनलाई भेटेर फर्किसकेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका३ का जोशी सम्पर्कविहीन भएका थिए ।
इजरायली सेना र तेलअबिवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: