Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

साहुसँग ऋण लिन नागरिकता बन्धकी

खबरडबली संवाददाता

सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ रु यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल÷अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उनीहरुको परिवार ठूलो समस्यामा परेका छन् ।

गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उनीहरुको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राखेका छन् ।

“इँटा उद्योगमा काम गरिरहेका बेला २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ । उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो”, ६० वर्षीया सुकराती सदाले भनिन् “चामलाबापत भट्टामा छ वर्ष काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।” नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गर्नुपर्ने अनि मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उनले गुनासो गरिन्

“२०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ”, ४५ वर्षीय भिखन सदाले भने, “साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नुपर्छ नत्र ऋण पाइन्न भनेर पmर्काइदिए ।” आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता नै राख्नुपरेको उनको दुखेसो थियो ।

“मसँग बन्धकीमा राख्न जग्गा, गरगहना वा कुनै चलअचल सम्पत्ति नभएकाले काम गरेर ऋण तिर्छु चामल दिनुस् भन्दा नमानेर बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो”, भिखनले भने । नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएको, विपन्नताका कारण साहुसँग ऋण लिएको ५०र५० किलो चामलबापत लामो समयसम्म इँटाभट्टामा काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उनीहरुको भनाइ थियो । ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले जानकारी दिए ।

साहु कहाँ नागरिकता बन्धकीमा राखेपछि अहिले उहाँहरुको परिवारमा नागरिकता आवश्यक पर्ने अन्य काम पनि रोकिएका छन् । “पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ”, दशन सदाको श्रीमती फुलो सदाले  भनिन्, “वडाध्यक्षबाट नागरिकताको सिफारिस गराएर सबै कागजात लिई पटक–पटक इलाका प्रशासन कार्यालय बोदे बर्साइन पुगेँ । पतिको नागरिकता नल्याएसम्म हुँदैन् भनेर फर्काइदिएका छन् ।” एकातिर पतिको नागरिकता बन्धकीमा रहेको भन्दै आफ्नो नागरिकता पनि बनाउन समस्या भइरहेको उनले दुखेसो पोखिन्।

ऋण लिएबापत पतिले बन्धकीमा राखेको नागरिकता माग्न पटकपटक साहु कहाँ धाउँदै आए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको फुलोले  बताइन् । “नागरिकता फिर्ताको लागि कि पूरै ऋण चुक्ता गर कि त मेरो इँटाभट्टामा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएको छ”, उनले भनिन्, “तत्काल ऋण चुक्ता गर्ने पैसा छैन् । म बिरामी रहेकाले काम गर्न सक्ने अवस्था छैन् । निकै अप्ठ्यारोमा परेका छौँ ।”

बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपी बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा भएकाले सम्भव नभएको अच्छेलाला सदाले बताए। “नागरिकताको प्रतिलिपी बनाउन पहिलाको नागरिकता नम्बर, जारी मिति चाहिन्छ”, उनले भने “वडाध्यक्षले प्रतिलिपी सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउन भन्नुहुन्छ । मसँग नागरिकताको फोटोकपी पनि छैन । नम्बर र जारी मिति पनि याद छैन ।” प्रमाण जुटाउन नसक्दा प्रतिलिपी समेत बन्न नसकेको उनको दुखेसो थियो ।

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुगेको भन्दै राज्यका हरेक सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरुको गुनासो थियो । आर्थिक अवस्था कमजोर भएका यहाँका हरवाचरवा सदा परिवारले पहिचानविहीनताको अवस्थाबाट न्याय दिलाइदिन सबैसँग आग्रह गरेका छन् ।

सदा समुदायका व्यक्तिको नागरिकता बन्धकी राखिएपछि उत्पन्न समस्यालाई गम्भीररुपमा लिएको भन्दै नागरिकता फिर्ताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता नरेशकुमार सादले बताए ।

‘द फ्रिडक फण्ड’को सहयोगमा केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रका दलित हरवाचरवा परिवारका लागि नागरिकता, जन्मदर्तालगायत काममा अभियान सञ्चालन गर्दै आएको छ । दलित बस्तीका परिवारलाई लक्षित गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको  केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले जानकारी दिनुभयो । यहीँ कार्यक्रमअन्तर्गत सदा परिवारको नागरिकता सम्बन्धी समस्या समाधानको पहल भइरहेको उनको भनाइ थियो ।

डाक्नेश्वरी–३ का वडाध्यक्ष भागेश्वर यादवले ऋणबापत नागरिकता बन्धकीमा राखेको विषयमा आफूलाई पनि जानकारी रहेको बताए । मुसहर समुदायका व्यक्तिले बन्धकीमा राखेको नागरिकता फिर्ता गराउनका लागि आफू पहल गर्न तयार रहेको उनको भनाइ थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending