रूपन्देही । जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । प्रदेश समितिको आयोजनामा रुपन्देहीको लुम्बिनीमा मंसिर १९ देखि २२ गतेसम्म उक्त प्रशिक्षण भएको हो ।
पार्टीका नेता कार्यकर्तालाई राजनीतिक तथा वैचारिक रुपमा प्रशिक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नु प्रशिक्षण कार्यक्रमको उद्देश्य भएको प्रदेश अध्यक्ष उपेन्द्र यादवले बताए ।
जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा र मनिकर कार्कीले प्रशिक्षण दिएका थिए ।
साे क्रममा जसपा संघीय परिषद सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले प्रशिक्षण कार्यक्रम उपलब्धीमूलक भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, संघीय परिषद सदस्य, प्रदेश समिति सदस्य, १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुखहरु गरी १२५ जनाको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: