काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थलमा रहेको भन्सार कार्यालयले २ जनालाई पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका गोरखा घर भएका चन्द्र घलेलाई पक्राउ गरिएको थियो। घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो।
घले बुधबार नै काठमाडौं आउने भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो। उनी बुधबार आएनन् । बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।
घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै थप १ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने अर्का व्यक्तिमा गोरखा नै घर भएका मिनबहादुर घले छन्।
चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए। जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ। सुनको शुद्धता लगायत बाँकी परीक्षण भने शुक्रबार हुने बताइएको छ। नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले भन्सार कार्याललाई आएको सूचनाका आधारमा भन्सार र प्रहरीले संयुक्त रुपमा निगरानी गर्दा सुन बरामद भएको जानकारी दिए।
डीआईजी चन्दका अनुसार पक्राउ परेका चन्द्रले मिनबहादुरले सुन मगाएको भनेर बयान दिएका थिए। चन्द्रको बयान र कल डिटेल परीक्षण गर्दा मिनबहादुरको संलग्नता देखिएको डीआईजी चन्द बताउँछन् । काठमाडौंको धुम्बाराही बस्दै आएका मिनबहादुरलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना अहिले प्रहरी हिरासतमा रहेका बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: