चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ ।
अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।
एक सय ९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै गुरुङले पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए । उनका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।
एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उनको भनाइ छ ।
अध्यक्ष गुरुङले मिलेर काम गर्दा समयमै योजना सम्पन्न हुने भएकाले त्रिपक्षीय साझेदारीमा काम गरिएको बताए । ‘यसअघि पनि यसरी साझेदारीमा काम गरेका छौं’, उनले भने, ‘खानेपानीको धारा निर्माणपछि स्थानीयवासीलाई उत्पादनमा जोड्न सिँचाइको पनि व्यवस्था गर्नेछौँ ।’ उनले यहाँ उत्पादित अन्न तथा तरकारी बिक्री गरी आयआर्जन गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।
चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए । पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र पर्यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: