Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा

निमा काफ्ले
निमा काफ्ले

काठमाडौं ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ । यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसाविरुद्धको दिवसका रुपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढङ्गले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौंँ । स्वाभाविकरुपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छोड्न नसकेको हरेक घटना सन्दर्भ र परिवेशहरुमा देख्न र भोग्न परिरहेको छ ।

महिलाविरुद्धको हिंसामा पनि पीडितको पक्षमा खुलेर बोल्न नसक्ने हाम्रो जस्तो सामाजिक परिवेशहरुमा हिंसा कसरी गुम्सिरहेको छ र कसरी विभिन्न स्वरुपमा विष्फोटन भइरहेको छ भन्ने थुप्रै दृष्टान्तहरुले लैङ्गिक हिंसाको परिभाषा र निराकरणलाई नै नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अनुभूत गराएको छ । केही समयअघि एकजना साथीले अन्तरङ्ग सम्बन्धमा भोगेको अनुभवहरु बाँड्दै बेग्लै पीडा र बेदना सुनाउनुभयो ।

प्रेम, विश्वास र सम्बन्धमा व्यक्त भावहरुलाई स्वभाविक रुपमा लिने कि हिंसाको रुपमा लिएर निर्णय गर्ने भन्ने द्विविधाले सिर्जना गरेको उनको अन्तरमनको द्वन्द्वले आफूमा समेत सिर्जना भएको मनोवैज्ञानिक दबाब पनि नयाँ ढङ्गले यो सन्दर्भलाई हेर्ने एउटा प्रेरणा बन्ने अनुभूति गरेको छ । हामीले हाम्रा निकटस्थहरुका भावना र गतिविधिहरुलाई कसरी हेर्ने रु हिंसाको परिभाषाभन्दा पहिले यसमा स्पष्ट हुन जरुरी छ ।

हामीले स्वीकार गरिरहेका भावना वा गतिविधिहरु कसरी स्वभाविकबाट हिंसामा परिणत हुन्छन् भन्ने कुरा हामीले लिएको शिक्षा, हामीमा विकास भइरहेका चेतना, हाम्रो सामाजिक परिवेश, हाम्रो साथीसङ्गत  तथा प्रविधि र विकासको गतिले निर्धारण गर्छ ।  

लैङ्गिक हिंसाको व्याख्या गर्नेहरु, विभिन्न विषयमा आफूलाई ज्ञाता वा जानकार ठान्नेहरु र विज्ञहरुकै जीवनमा देखिएका र भोगिएका सन्दर्भहरुलाई पनि हिंसाको कोणबाट हेर्दा केही प्रभावहरु देखिन्छन् ।

सामाजिक रुपमा त्यस्ता घटनालाई हेर्दा पितृ सत्तात्मक सोचबाट निर्देशित भएको भन्न सकिन्छ । सँगै काम गरिरहेका सहकर्मीमा पनि महिला साथी आफू सरह हुञ्जेल ठीकै हुने तर आफूभन्दा माथि जाने सम्भावना भए लगत्तै अनेक ईश्याभाव र आरोपहरु आउने देखिन्छन् ।

यो एक प्रकारको हिंसाको स्वरुप हो । अर्को खतरनाक हिंसाको अवस्था अन्तरङ्ग सम्बन्धमा देखिन्छ । यो विशेषगरी पद, प्रतिष्ठा, पहिचान र पुँजीसँग जोडिएर देखिने गरेको छ । 

प्रेममा पनि हिंसाको विभिन्न अवस्थाहरु देखिने गरेका पाइन्छन् । यी खालका हिंसाहरु पुरुष वा महिलाले एउटा निश्चित अवस्थासम्म स्वभाविक मानेर स्वीकार गर्ने, त्यसपछि एउटा हदसम्म हिंसाको रुपमा अनुभूत गरेर उकुसमुकुस अनुभव गर्ने र त्यो हद नाघेपछि सामाजिक रुपमै विष्फोट हुने गरेको देखिन्छ ।

यसलाई लभ बम्बिङको रुपमा पनि हेर्न सकिन्छ । यस्ता घटना र सन्दर्भहरु धेरै आँटिलो मानिएकाहरुले पनि व्यक्त गर्न वा उपचारको पहलतर्फ सोच्न पनि नसकेको यथार्थ देखिन्छ ।

लभ बम्बिङ परिस्थिति र परिवेशअनुसार हिंसात्मक हुँदै समाजिक र भौतिक रुपमै दुर्घटनाका रुपमा समेत पुग्ने गरेको पाइन्छ । दृश्यमा देख्दा अन्तिम परिणाम आइसकेपछि हिंसा देखिए पनि यो प्रकृतिको हिंसाको विजारोपण सुषुप्त रुपमा, नजानिँदो ढङ्गले हुने गर्छ । यसलाई हाम्रो व्याख्या विश्लेषण र परिभाषाको परिधिले भेटिरहेको छैन ।

यस्ता प्रकृतिका घटना र सन्दर्भहरु केहीलाई त पक्कै पनि यहाँहरुले अनुभव गर्नुभएकै होला । तर यसको आकार देखिएभन्दा र स्वभाविकभन्दा बढी छ । प्रविधिको विकास, सामाजिक परिवेशहरु, सम्बन्धहरुमा अपेक्षा गरिने इमान्दारिता र प्राप्त हुने यथार्थता, त्यसप्रतिको बुझाइमा हुने असमानताले यसलाई बढाइरहेको छ ।

यो अवस्था गुनासो गर्न पनि नसकिने र त्यसको कतिपय उपाय र उपचार पनि नपाइने खालका अवस्था, आफैँलाई यो हिंसा हो कि स्वभाविक व्यवहार हो भन्ने अन्र्तमनमा सिर्जना हुने अन्योलले गर्दा समाजमा लैङ्गिक हिंसाको आकार बढाइरहेको छ । पुरुष पनि यस्ता खालका हिंसामा परिरहेका हुन सक्छन् । महिलाहरु त पर्ने गरेका धेरै नै उदाहरणहरु देखिएका छन् ।  

आफ्नो एउटा अवस्थामा त्यही भावना वा गतिविधि स्वभाविक लाग्ने र आफ्नो चेतना वा ज्ञान र विकासको अभिवृद्धिसँगै त्यही भावना वा व्यवहारलाई पनि हिंसाको परिभाषा हुने गरेको आरोप लाग्ने गरेको छ ।

यसलाई फेमिनिज्मले जन्माएको विकृतिको रुपमा लाञ्छनाहरु लाग्ने गरेका छन् । हामीलाई जेण्डर एक्टिभिज्म आवश्यक हो कि फेमिनिज्म रु हाम्रो न्यायले खोजेको समानता वा हिंसामुक्त परिवेशले एउटा पक्षलाई मात्रै हेर्छ कि समतलीय र सन्तुलित ढङ्गबाट हेर्छ भन्ने बहस पनि उठेको छ र उठ्नु पर्छ पनि । 

विज्ञान र प्रविधिको विकासले पुरुष वा महिलाको आवश्यकता र उपलब्धताको नै विकल्पको समेत परिकल्पना गरिसकेको आजको विश्वमा महिला वा पुरुषले आफ्नै कोणको बुझाइ र व्याख्याअनुसार हिंसाको व्याख्या गर्ने र त्यसको उपचारको वकालत गर्नु आफैंँमा अधुरो र अपुरो हुन्छ ।

काठमाडौंँमा व्याख्या गरिने हिंसाको प्रकृति कञ्चनपुर वा फिदिमको समाजले उस्तै ढङ्गले अनुभूति गरिरहेको नहुन सक्छ । आयातित परिभाषालाई लिएर वकालत गर्नुभन्दा अवस्था र परिवेशअनुसार हिंसाको अनुभूति र उपचारको चेतना निर्माण गर्नमा हाम्रा पहल हुनुपर्छ भन्ने मेरो निश्कर्ष हो । 

महिला अधिकार अभियन्ता क्लारा जेट्किन, क्रान्तिकारी कम्युनिष्ट योद्धा रोजा लक्जम्वर्ग, अधिकारकर्मी मिरावल दिदीबहिनीहरुले उठान गरेको महिला अधिकारको विषय र यसले वकालत गरेको नागरिक तथा राजनीतिक कोण एवं सामाजिक विश्लेषण आज पनि त्यही अवस्थामा मात्रै वकालत भइरहेको छ ।

सामयिकताका आधारमा गर्नुपर्ने बहसमा हामी प्रवेश नै गर्न सकेका छैनौंँ । मिरावल दिदीबहिनीकै घटना र त्यही परिवेशमा मात्रै अल्झिरहेको महिला हिंसा विरुद्धको दिवसलाई आम रुपमा लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा लैजान पर्ने आवश्यकता तर्फ समेत बहस गर्नुपर्ने आवश्यकता छ ।

अर्कोतर्फ वायोलोजिकल र साइकोसोसियल कोणबाट महिलाको अधिकारलाई व्याख्या गर्ने गरी १५० वर्ष अगाडि सिमन द वेवियरले लेखेको द सेकेण्ड सेक्स पुस्तकले चित्रित गरेको महिला चेतना र उनले स्थापित गरेको लैङ्गिक व्यवहारको उदाहरणलाई पनि आजको समाजले अक्सेप्ट गर्न त परै जाओस् अपडेट समेत गर्न सकेको छैन । 

हाम्रा अभियान्ताहरुले व्यानर राखेर प्रस्तुत गर्ने कार्यपत्रहरु र दिवस मनाउनाले न उपयुक्त अवधारणालाई अध्यावधिक गर्न सकेको छ न हाम्रो धरातलीय यथार्थता अनुसारको नयाँ बाटो नै निर्माण गरेको छ ।

सेन्ट्रिक अफ अट्रयाक्सनको होडबाजीले मात्रै नेतृत्व पङ्क्तिमा उभिएकाहरुबाट यस्ता अभियानहरुले गति पाउन सक्दैनन् । कृतिम वौद्धिकता (एआइ) मा रुपान्तरित हुँदै गरेको युवा पुस्तालाई यतिबेला अधिकारका कुरा बोलेर मात्रै मनाउन सकिँदैन । उनीहरुले चाहँदा हामीले पढाउने गरेको अभियन्ताको इतिहास र योगदानको चर्चा क्षणभरमै ‘गुगल सर्च’ गरेर हाम्रोभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन् ।

हामीलाई यतिबेलाको आवश्यकता र भूधरातलीय यथार्थ अनुसारका समस्या पहिचान र समाधानको निर्माण हो । जुन उनीहरुले पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् र उनीहरु आफैँ पनि समस्या भिन्न ढङ्गले भोगिरहेका छन् । फेमिनिष्ट र फेमिनिज्मको भाष्यलाई त्यही पुरानै कोणबाटभन्दा पनि समय अनुकूल परिस्कृत गर्न जरुरी छ । ९लेखक टेलिभिजन पत्रकार हुनुहुन्छ० 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending