Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा

खबरडबली संवाददाता

काठमाडौं । एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ ले घोषणा गरेका छन् । बिहीबार बैतडीको झुलाघाट सुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा’लाई कोशीमा प्रवेशमा ‘पहिचानवादी’ ले  अवरोध गर्ने घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा झण्डा फहराएर सुरू भएको पदयात्रालाई पहिचानवादीले कोशी प्रवेशमा रोक लाउने प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले जनाएको छ । एमालेले झुलाघाटमा संकल्प यात्रा सुरू गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ । 

एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले यो पटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।

पहिचानसहितको प्रदेश पुनः नामरकण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिङ थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउँछन् । उनले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरू गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए अवरोध गर्ने चेतावनी थेगिमले दिए । 

एमालेको अभियान मंसिर २६ मा कोशी प्रदेशको उदयपुरको घुर्मीमा पुग्ने तालिका रहेको  छ । घुर्मीमा वृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी पनि गरी रहेको छ । उक्त आमसभामा जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउँदैछ । घुर्मीबाट यस प्रदेशमा सुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थाले सँगै कोशीमा एमाले र पहिचानवादीबीच झडप हुने संभावना पनि बढ्दै गएको छ । 

एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी–प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटकपटक बसेको छ । एक अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।

एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउन्टर विज्ञप्ति जारी गरेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending