Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा

खबरडबली संवाददाता

काठमाडौं । एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ ले घोषणा गरेका छन् । बिहीबार बैतडीको झुलाघाट सुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा’लाई कोशीमा प्रवेशमा ‘पहिचानवादी’ ले  अवरोध गर्ने घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा झण्डा फहराएर सुरू भएको पदयात्रालाई पहिचानवादीले कोशी प्रवेशमा रोक लाउने प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले जनाएको छ । एमालेले झुलाघाटमा संकल्प यात्रा सुरू गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ । 

एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले यो पटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।

पहिचानसहितको प्रदेश पुनः नामरकण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिङ थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउँछन् । उनले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरू गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए अवरोध गर्ने चेतावनी थेगिमले दिए । 

एमालेको अभियान मंसिर २६ मा कोशी प्रदेशको उदयपुरको घुर्मीमा पुग्ने तालिका रहेको  छ । घुर्मीमा वृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी पनि गरी रहेको छ । उक्त आमसभामा जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउँदैछ । घुर्मीबाट यस प्रदेशमा सुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थाले सँगै कोशीमा एमाले र पहिचानवादीबीच झडप हुने संभावना पनि बढ्दै गएको छ । 

एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी–प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटकपटक बसेको छ । एक अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।

एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउन्टर विज्ञप्ति जारी गरेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending