Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

खबरडबली संवाददाता

ढोरपाटन । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । 

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिए । 

यसका साथै यो महायज्ञको अर्को प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने पनि रहेको उनले बताए ।       

स्वामी कमलनयनाचार्यले भने, “विभिन्न तत्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ र ईश्वरको सङ्कल्पले मात्र पृथ्वीजस्ता अनन्तकोटी ब्रह्माण्डको सृष्टि हुन्छ । त्यसैले हरेक तत्वका अधिष्ठाता यस ब्रह्माण्डका सबै देवीदेवतालाई कलशमा आह्वान गरी पूजन र यजन गरिने भएकाले यो अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हो । यस्तो महायज्ञ विश्वकै ठूलो र पहिलोपटक हुँदैछ । यस यज्ञको अनुष्ठान गरी प्रत्यक्ष सहभागी हुनेहरुको मनको सङ्कल्प हुने पूरा भएकाले सहभागी हुन म सबैलाई आह्वान गर्दछु ।” 

महायज्ञ आयोजनाबाट सङ्कलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै यस पञ्चकोट धाममा निर्माण थालिएका धार्मिक संरचना पूरा गरिनेछ । अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान पनि गरिएको छ । त्यसैले नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यस ब्रह्माण्डीय महायज्ञको तयारीलाई व्यापकता दिइएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञको रुपरेखा तयारी गरी यसमा सहभागी हुने र सहयोग गर्ने भक्तहरुलाई जानकारी दिन थालिएको छ । यस अवधिमा हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिनेछ । त्यसका लागि विषय विज्ञहरुको सहभागिता सुनिश्चित गरिएको छ । 

यस धाञ्याचल महायज्ञमा २५ फिटको मौलो बनाई विधिपूर्वक पूजन गरी प्रतिस्थापन गरिने र त्यसलाई धानले पुर्ने कार्यक्रम छ । यसका लागि करिब २१ हजार पाँच सय ५५ क्विन्टल धान लाग्ने अनुमान रहेकाले धान सङ्कलन अभियानलाई पनि तीव्रता दिइएको छ । धानका अतिरिक्त यहाँ तिल, जौ, गहुँ, मकै, चनालगायतका विभिन्न नौ प्रकारका अन्नको पनि पर्वत बनाइने छ ।  

महायज्ञमा सवा लाख नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुख्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । सो नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको छ । यस्तो नरिवल हवन गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।  

“महायज्ञ सञ्चालनको तयारीमा जुटेका छौँ, श्री मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्य ज्यूको सक्रियतामा यो महायज्ञ आयोजना गरिएको हो, यहाँ धेरै संरचना बनाउने योजना छ, खासगरी विश्वशान्ति कलश निर्माण गर्ने प्रमुख लक्ष्य छ”, अध्यक्ष दाहालले भने, “अहिले सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्बाट प्रचारप्रसारलाई तीव्रता दिएका छौँ ।”

हरेक दिन १५ हजारले महायज्ञको दर्शन गर्ने र यहाँ कम्तीमा पनि तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । यहाँ आउने भक्तजनको भोजन, प्रसाद र आवासको यथाशक्य प्रबन्धका लागि सबै सामाजिक सङ्घसंस्था तथा व्यक्तिलाई परिषद्ले आग्रह पनि गरिरहेको छ ।   

हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए । विसं २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नेबेला पञ्चकोटमा कुनै पनि संरचना नभएको तर अहिले धार्मिक पर्यटक निम्त्याउने आधारशिला तयार भएको उनी बताउछन्। पछिल्लो समय धर्ममा आस्था राख्ने धेरै नागरिकले पञ्चकोट दर्शन गर्न आउने गरेको ऋिषि प्रपन्नचार्यले बताए । कलश निर्माणका लागि करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ । 

ऋषि प्रपन्नचार्य भन्छन्, “पञ्चकोट पवित्र स्थान हो । यसको संरक्षण, प्रवद्र्धन गर्ने दायित्व पनि हामी सबैको हो । हामी सबैको सत्सङ्कल्पबाट यहाँ एउटा आधारशिला तयार भएको छ, यसलाई पूर्णता दिनका लागि बर्सेनि महायज्ञ लगाएर र दाताबाट रकम सङ्कलन गरेर काम गरिँदै आइएको छ । यसपालिको महायज्ञ अहिलेसम्मकै विशाल हो र यसले समग्र पञ्चकोट क्षेत्रको विकासका लागि हरेक नागरिकको मनलाई जोड्नेछ । साथै यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो टेवा पुग्नेछ ।”

विसं २०७१ अगाडि पञ्चकोटमा भिर, पहारा थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना बनाउने योजना बनाउँदा कसैले पनि विश्वास गर्दैनथे । स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् र गण्डकी प्रदेशकै एक उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र बन्न सकेको छ । यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने पनि गरेका छन् । उक्त स्थानमा सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका संरचना बनिसकेका छन् ।

बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा छ । सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने अधिकांश तीर्थालुमध्ये अधिकांश यहाँ आउने गरेको पाइन्छ । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक पनि सकेसम्म पञ्चकोट पुग्ने गरेको पाइन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending