Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालिन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन। त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ,’ उनले भने ।

दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले त्यसको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषि हुन‍् कि भन्ने प्रश्न जनतामा उठिरहेको बताए। 'संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यस्को संरक्षण गर्न नलागेको देखिन्छ,' उनले भने, 'यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ।' उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन्।

नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यस्को असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ।

'नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन। संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ। तर, यस्को पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन,' महरले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि य...

भोजपुरको होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङव...

ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?

ओबामाले पनि गरे ह्यारिसलाई समर्थन

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy