दाङ । प्युठानकाे सरुमाराणी गाउँपालिका वडा नं. २ को खेतमा २२ वर्ष पछि धान फलेको छ । विरेबगर कुलोलाई २२ वर्ष अघि गनाहा खोलाले बगाए पछि सिँचाइ अभावमा त्यहाँ धान नफलेको हो ।
२२ वर्ष अघि गनाहा खोलाले कुलो बगाए पछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन । २२ वर्षदेखि त्यहाँको खेत बाँझो रहेको थियो । तर, त्यहाँ लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ ।
यो वर्षदेखि धान उत्पादन सुरु भएपछि किसानहरू खुसी भएका छन् । २२ वर्षदेखि धान उत्पादन गर्न नपाएका आफुहरु कुलो निर्माण भएपछि पहिलो धान उत्पादन गरेको स्थानीय चिन्त लोहारले बताए ।
लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिँचाइ कुलो निर्माण भएको हो । कुलो बनेपछि त्यहाँका किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन् ।
पहिलो पटक धान उत्पादन भएपछि मन्त्रीलाई नै न्वागी खुवाएको स्थानीय सन्तोष कुमार विकले बताए । हामीले उत्पादन थालेपछि कृषिमा आत्मनिर्भर हुने प्रयास गने प्रतिवद्धता सहित मन्त्रीलाई न्वागी खुवाइउको उनको भनाइ छ ।
त्यहाँ करिब डेढ सय घरधुरी सोही कुलोमा निर्भर थिए । गिरे बगर, उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरू त्यो कुलोबाट लाभान्वित भएको स्थानीय नेत्र खनालले बताए । सिँचाइ भएपछि यस वर्ष त्यहाँका प्रत्येक किसानले ५० मुरी जति धान उत्पादन गरेका छन् । अहिले हिउँदे खेती पनि गरिरहेका छन् ।
यस वर्ष पनि सोही कुलोलाई १० लाख रुपैयाँ बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्कीले बताए । किसानलाई प्रोत्साहन गर्ने नै आफुहरुको नीति रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: