दाङ । प्युठानकाे सरुमाराणी गाउँपालिका वडा नं. २ को खेतमा २२ वर्ष पछि धान फलेको छ । विरेबगर कुलोलाई २२ वर्ष अघि गनाहा खोलाले बगाए पछि सिँचाइ अभावमा त्यहाँ धान नफलेको हो ।
२२ वर्ष अघि गनाहा खोलाले कुलो बगाए पछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन । २२ वर्षदेखि त्यहाँको खेत बाँझो रहेको थियो । तर, त्यहाँ लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ ।
यो वर्षदेखि धान उत्पादन सुरु भएपछि किसानहरू खुसी भएका छन् । २२ वर्षदेखि धान उत्पादन गर्न नपाएका आफुहरु कुलो निर्माण भएपछि पहिलो धान उत्पादन गरेको स्थानीय चिन्त लोहारले बताए ।
लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिँचाइ कुलो निर्माण भएको हो । कुलो बनेपछि त्यहाँका किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन् ।
पहिलो पटक धान उत्पादन भएपछि मन्त्रीलाई नै न्वागी खुवाएको स्थानीय सन्तोष कुमार विकले बताए । हामीले उत्पादन थालेपछि कृषिमा आत्मनिर्भर हुने प्रयास गने प्रतिवद्धता सहित मन्त्रीलाई न्वागी खुवाइउको उनको भनाइ छ ।
त्यहाँ करिब डेढ सय घरधुरी सोही कुलोमा निर्भर थिए । गिरे बगर, उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरू त्यो कुलोबाट लाभान्वित भएको स्थानीय नेत्र खनालले बताए । सिँचाइ भएपछि यस वर्ष त्यहाँका प्रत्येक किसानले ५० मुरी जति धान उत्पादन गरेका छन् । अहिले हिउँदे खेती पनि गरिरहेका छन् ।
यस वर्ष पनि सोही कुलोलाई १० लाख रुपैयाँ बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्कीले बताए । किसानलाई प्रोत्साहन गर्ने नै आफुहरुको नीति रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: