झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार पाँच सय १० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आव २०८०/८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।
अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । चालू आवको त्रैमासिक अवधिमा रु २९ करोड ४० हजार मूल्य बराबरको दुई हजार चार सय १७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिनुभयो । अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ । फूललाई छिप्पिएपछि थुतेर कुचोका रुपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।
पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा रु ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६ सय ७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ । सोही अवधिमा रु १७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ ।
नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दालसमेत रहेको छ । सोही अवधिमा रु आठ करोड चार लाख १९ हजार मूल्य बराबरको पाँच सय ८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: