Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

घ्याप्चे पहिराको जोखिममा बस्ती

खबरडबली संवाददाता

रामेछाप । मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाको सिमानामा लामो समयदेखिका समस्याका रुपमा रहेको घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय सधै त्रासमा जिउनुपर्ने अवस्था सिर्जना भएको छ । पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका–४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन् । साथै लिखु तामाकोशी गाउँपालिका–३ र ४ बिजुलीकोटको केही भागमासमेत क्षति पुगेको छ । 

विसं २०११ देखि जान थालेको यस पहिरोका कारण कयौँ घरपरिवार विस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णरुपमा जोखिममा छन् । यसअघि पुनर्वास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । पहिरोको रोकथाम नगर्ने र यसैगरी हिउँद र बर्खामा पहिरो निरन्तर गइरहँदा गैराथोकका तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले सोमप्रसाद भट्टराईले बताए। 
 
भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण कैयौँ मानिसले ज्यानसमेत गुमाइसकेका छन् भने वन र खोलामा चराउन लगेको कैयौँ पशुचौपयासमेत  रणजोर खोलामा बगेका छन् । यस ठाउँबाट विसं २०११ साउनमा पहिलो पटक पहिरो गएको भए पनि  २०४०, २०५१ र २०६१ मा गएको पहिरोले विकराल रुप लिएको स्थानीयको भनाइ छ । 

पछिल्लो तीन वर्षयता पहिरोका कारण त्रास बढेको स्थानीय तीर्थराज श्रेष्ठको भनाइ छ । पहिरो एक्कासी बढेपछि आसपासका बस्तीका मानिस त्रसित भएका छन् । पानी परेको बेला राति जागै बसेर रात काट्ने अवस्था आएको स्थानीय गोमा भट्टराई बताउन्छन्। उनले भने “पहिरो गएको बेलामा घर नै पूरै थर्किन्छ, जमिन भासिएकोजस्तो हुन्छ, पहिरोका कारण पूरै गाउँ त्रसित छन् ।”

पहिरोका कारण हजारौँ रोपनी खेतबारी बगाएर शिक्षकसमेत रहनुभएका स्थानीय सोमसप्रसाद भट्टराईको भनाइ छ । केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामका लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएपनि जाली एक वर्ष पनि नटिकेको उनले बताए। वातावरणीय प्रभाव मूल्याङ्कन गरी बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इञ्जिनियर  डिल्ली अधिकारी बताउछन्  ।  

घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई बर्सेनी बढ्दै जाँदा २७ मिटरदेखि तीन सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कूल क्षेत्रफल २११ दशमलव ७७ वर्ग किलोमिटरमध्ये घ्याप्चे पहिरोले २३ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसका कारण रामेछापको सदरमुकाम मन्थलीसमेत उच्च जोखिममा परेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending