बाँके । नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ ।
नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ(रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो ।
उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । “समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ”, नगरप्रमुख विष्टले भने ।
अटेर गरी रातो नम्बर प्लेटका इ(रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ । कालो प्लेट नबनाउँदासम्म ती इ(रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादर थापाले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ ।
बैठकमा नगरप्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर बिसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सरोकारवालाको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: