काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्। खासगरी प्रदर्शन क्षेत्रका स्कुल बन्द गर्नुपर्ने अवस्था निम्तिएको सञ्चालकहरूले बताएका छन्।
ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक अध्यक्ष गीता रानाले विद्यार्थी तथा अभिभावकलाई बिहीबार स्कुल बन्द रहेको सूचना पठाइसकेको बताइन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(एनप्याब्सन) की पूर्वअध्यक्षसमेत रहेकी रानाका अनुसार आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कुल प्रभावित हुनेछन्। आन्दोलनकारीको भिड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको उनले बताइन्।
‘मेरो स्कुलका १९ वटा बस चल्छन्। बिहान बालबालिका ल्याउन कुनै समस्या भएन तर दिउँसो कतिखेर घर पुग्ने थाहा हुन्न,’ रानाले भनिन्, ‘स्कुल शान्ति क्षेत्र भए पनि बाहिर अशान्ति छ।’
उनले थपिन्, ‘ट्राफिक अस्तव्यस्त भए बालबालिका लामो समय बसभित्रै थुनिनुपरे मानसिक तनाव हुन्छ। त्यही भएर विद्यालय बन्द गर्ने निर्णय गरी सूचना अभिभावक कहाँ पठाइदिएँ।’ उनका अनुसार काठमाडौंको आन्दोलनले सबै ठूला निजी विद्यालयहरूलाई प्रभावित पारेको छ।
ललितपुरमा रहेको जेम्स, युलेन्स, लिटिल एन्जल, रातो बंगलालगायत धेरै निजी विद्यालय बन्द हुने बताइएको छ। निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाका अनुसार बिहीबारको आन्दोलनकै कारण उपत्यकाका चक्रपथभित्रका बस सञ्चालनमा रहेका २०० विद्यालय बन्द हुने भएका छन्।
‘प्याब्सनको निर्णयअनुसार विद्यालय बन्दको जिम्मेवारी स्कुलहरूलाई नै दिइएको छ,’ उनले भने, ‘प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालय बन्दका लागि स्वनिर्णय गर्ने अधिकार दिइएको हो तर प्याब्सनले बन्दको निर्णय भने गरेको होइन।’
अध्यक्ष ढुंगानाले ललितपुरको सानेपास्थित आफ्नो रेडियन रिडर स्कुल बल्खुको नजिकै पर्ने भएकाले स्वतः प्रभावित हुने र बन्द रहने बताए। ‘बालबालिकालाई बन्दको त्रासमा पार्नुभन्दा घरमै आनन्दसँग बस्न दिनु उचित लाग्यो,’ उनले भने, ‘बिहीबारको शैक्षिक क्षति अन्य दिनमा पूरा हुन्छ।’ उनका अनुसार कतिपय स्कुल सञ्चालकहरूले आजको कक्षा अनलाइन सञ्चालन गर्नसमेत राजी भइसकेको अध्यक्ष ढुंगानाले जनाए। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: