Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सांसद विश्वकर्मा भन्छिन्- सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनसँग तितो अनुभव छ ।

“सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०/३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन”, सांसद विश्वकर्माले भनिन्, “मैले पटकपटक सदनमा आवाज उठाए, सुनुवाइ हुँदैन, जातीय विभेदको कुरा अहिले पनि कम हुन सकेको छैन, जुन दुःखद् कुरा हो ।” उनी आफ्नो समुदायको विभेद न्यूनीकरण गर्न पटकपटक आवाज उठाउछिन् । तर एकाधबाहेक सम्बोधन हुँदैनन् । तै पनि हिम्मत हारेकी छैनन् । 

“मैले विभेद कम गर्न सदनमा आवाज उठाउँछु, आफ्नो क्षेत्रको समस्या समाधान, रोकथाम गर्नका लागि काम गरिरहेकै छु”, सांसद विश्वकर्माले भनिन् । सांसद विश्वकर्माको जन्म झापाको लखनपुर–३ मा भएको हो । विंस २०४० देखि राजनीतिक यात्रा प्रारम्भ गरेकी उनले नेकपा (एमाले) को  विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै काम गरेकी हुन् । 

झापा–२ बाट समानुपातिकबाट प्रतिनिधित्व गर्दै सांसद विश्वकर्माले पार्टीको वडा ण्ण्ण्कमिटी हुँदै पार्टीभित्र दलित मुक्ति आन्दोलनमा सक्रियारुपमा काम गरिन् । उनले दलित मुक्ति मोर्चाको जिल्ला सचिव भएर काम गर्दै अहिले मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र महिला विभागको केन्द्रीय सचिव भएर काम गरिरहेकी छन् ।

सांसद विश्वकर्माले संविधान अनुकूलका कानुन बनाउन धेरै बाँकी भए पनि सरकारले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन ध्यान नदिएकामा दुःख लागेको छ । 

“कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ”, उनले थपे, “सरकारले बनाउनुपर्ने कानुन सदनमा ल्याएर छलफल गराउनुपर्ने हुन्छ तर त्यो हुन सकेको छैन ।” उनले कानुन बनाउनुपर्ने कुरामा धेरै पटक सदनमा उठाएको तर सरकारले गम्भीरतापूर्वक नलिएको अनुभव सुनाए । कानुन बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष भनेर बस्न नहुने उनको बुझाइ छ ।

सांसद विश्वकर्मालाई सक्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप गर्नु संसदीय अभ्यासमा सामान्य कुराजस्तो लागे पनि सदन प्रतिपक्षको भएकाले सरकारले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ । “सरकारले गल्ती गरेको अवस्थामा प्रतिपक्षले आवाज उठाउने ठाउँ सदन होे, त्यो कुरा सरकारले पनि बुझन जरुरी छ”, उनले भनिन्, “तर आरोपप्रत्यारोप गरेर समस्याको समाधान हुँदैन, जनताको समस्या समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।”

जनताका प्रतिनिधि अत्यन्तै इमान्दार, संवेदनशील भएर जनताको हित हुने गरी बोल्नुपर्छ भन्ने सांसद विश्वकर्मालाई लाग्छ । “जनताको समस्या समाधान गर्ने तरिकाले जनप्रतिनिधि सदनमा सभ्य भएर आफ्नो कुराहरु राख्नुपर्छ”, उनले भनिन् , “सरकारको ध्यानाकर्षण सभ्य तरिकाले पनि गर्न सकिन्छ, गैरजिम्मेवार तरिकाले कहिले पनि प्रस्तुत हुन हुँदैन ।”

नेपालको राजनीतिक परिपाटीमा सांसदहरु विकास निर्माणमा बढी केन्द्रीत हुनुपर्ने जरुरी भएको उनको बुझाइ छ । विधायक भनेको कानुन बनाउने हो भनेर नेपाली समाजमा बुझाउन नसकिएको भन्ने उनलाई लाग्छ । “जनताले विकासकै आशा गरेका हुन्छन्, चुनावमा भोट माग्दा पनि कुन नेताले के बनाउने भन्ने बोल्यो भन्ने आधारमा मत निर्धारण हुन्छ”, उनले भनिन्, “म यहाँ बाटो बनाउँछु, त्यहाँ पुल बनाउँछु, यति बजेट हालिदिन्छु भनेर वचन दिएको हुन्छ, सांसदमा पनि विकास निर्माणमा ध्यान दिँदा लोकप्रिय भइन्छ भन्ने छ ।”

सांसद विकास कोष बढी मात्रामा पहुँच हुनेले मात्र प्रयोग गरेको पाइएकाले त्यो नहुँदा नै ठीक भएको उल्लेख गर्दै उनले थपिन्, “जहाँ विकास जरुरी छ, त्यहाँ विकास गर्नुपर्छ, निर्वाचित सांसदको हालीमुहाली हुने तर समानुपातिक सांसदलाई साँची मात्र बनाउने परिपाटी पनि गलत हो ।”

सांसद विश्वकर्मालाई सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर देशमा भएका विकृति, विसङ्गति, सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ भन्ने लागेको छ । कुनै पनि प्रकारको कुरीति र कुसंस्कारको विरुद्धमा सबै एकताबद्ध हुन उनको आग्रह छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending