





यतिबेला फूल फूलेर धनकुटाका मात्र नभएर सबै ठाउँका गाउँशहर नै बेहुली झैं सिंगारीएका छन । पञ्चाङ्ग अनुसार कहिले अघि त कहिले पछि तिहार आउने गर्दा याे साल तिहार केही पर जाँदा फूल तिहार अगाडी नै पुलेकाे छ ।
घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा फूल फूलेर रातै पहेँलै भएका छन । यो वर्षको तिहार केही ढिलो भएका कारण कतै कतैका फूलहरु सुक्न पनि थालेका छन। लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै भाईटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरीको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व रहेको छ।
फूलबाट लाखौँको आम्दानी
तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी अवस्थामा छन। विशेष गरि धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा फूलको व्यावसायिक खेती गर्ने गरिएको छ। ती स्थानहरु यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेका छन। सो क्षेत्रका करिब एक सय कृषकले व्यावसायिक सयपत्री फूलको खेती गरेर त्यो फूल बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन।
मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन। यहाँका किसानले धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका छन। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन।
जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ । पितापुर्खाको पालादेखि सयपत्री खेती गर्दै आएका धनकुटा नगरपालिका वडा नं. ५ कर्मीटारका किसान गोविन्द श्रेष्ठले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको बताए।
५ रोपनी जमिनमा फूल खेती गर्दै आउनु भएका उहाँले बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको बताउनु भयो। तर, भारतिय फूल र कृतिम फूलका कारण बजारमा समस्या हुँदै आएको श्रेष्ठले बताए ।
यस्तै ६ रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका महालक्ष्मी नगरपालिका ३ डाँडागाँउका नितेश निरौलाले यस वर्ष भने फूल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने आशा गरेको बताए । गत वर्ष १९ हजार आम्दानी लिनु भएका निरौलाले यस वर्ष फूल खेतीलाई विस्तार गरी व्यवसायिक खेती गरेका हुन् ।
गाउँमै पहिलो पटक यति धेरै क्षेत्रफलमा फूलखेती निरौलाले गरेसँगै फूलखेतीमा यहाँका युवाहरुको मन तानेको छ। विगतमा कृषि प्राविधिक काम गर्दै आएका उहाँले रोजगारी छाडेर घरैमा व्यवसायिक रुपमा कृषि पेशालाई अगालेका हुन् ।
फूलखेतीबाट राम्रो आम्दानी लिन सकिने भएको र युवाहरु विदेशमा गएर श्रम गर्नु भन्दा खालि तथा बाँझो जमिनमा खेती गर्न हो भने राम्रो उत्पादन गर्न सकिने निरौलाको भनाइ छ। यहाँ उत्पादित फूल धनकुटा सहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ।







यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: