Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

जनप्रतिनिधि जनताको घेराबन्दीमा हुन्छः सांसद ढकाल

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा कानुन बनाउने काम मात्र गर्छु भनेर पन्छिन नमिल्ने बताएका छन् । नेकपा एमालेका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी सांसदलाई विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिने भनेर नै समाजले बुझ्ने गरेको बताउँछन् । 

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद ढकालले भने, “जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कानुन बनाउने, आफू निर्वाचित भएको क्षेत्रमा अधिकतम बजेट लैजाने र जनतासँगको सम्बन्ध सम्पर्कलाई जीवन्त बनाउने नै जनप्रतिनिधिको मुख्य काम हो । जनप्रतिनिधि भएपछि गाउँको विकासमा ध्यान दिन्छन् भन्ने जनताको बुझाइ छ ।”     

एमाले बाँकेका इञ्चार्जसमेत रहेका सांसद ढकाल सदन सुरु भएको करिब आठ महिना बितिसक्दा पनि कानुन बनाउने कामले तीव्रता नपाउनुमा संसद् र सांसद मात्र दोषी हो जस्तो नलाग्ने बताउँछन् । “संविधान अनुकूल र अन्य कानुन बनाउन ढिलाइ हुनुमा संसद् र सांसदको मात्र दोष छैन”, उनले भने, “सरकारले सदनलाई दिएको विजनेसका आधारमा कानुन बन्ने हो ।” सदनले प्रभावकारी तरिकाले काम गर्न सकेन भन्नुको कुनै अर्थ नरहेको सांसद ढकालको भनाइ छ ।     

“सरकारकै कारण सदनले प्रभावकारी ढङ्गले काम गर्न सकेन, सरकारले विकास निर्माणका कामलाई पनि निरन्तरता दिएन”, उनले भने, “जनताका कुरा प्रत्यक्ष जोडिएका विषयमा राज्यले ध्यान दिनुपर्छ, दैनिक उपभोग्य सामग्रीको महँगी अत्यधिक बढ्ेको छ, त्यसको नियन्त्रणका लागि कुनै पहल भएको छैन, लाखौँ युवा विदेश पलायन भइरहेका छन् । यस्ता विषयमा प्रतिपक्षी दलले आवाज उठाउनैपर्ने हुन्छ ।”     

सरकार र जनताको आवाजको पुलको रुपमा काम गर्ने सांसदले संसद अवरोध गर्नु ठीक नभएको सांसद ढकालको बुझाइ छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा प्रश्न उठेपछि र ठूलो मात्रामा सुन तस्करी भएको थाहा पाएपछि त्यसको छानबिनका लागि सदन अवरोध गरिएको उनको भनाइ छ । सत्तापक्षले प्रतिपक्षलाई कहिलेकहीँ संसद् अवरोध गर्न बाध्य बनाउने अवस्था पनि आउने गरेको तर एमाले सैद्धान्तिक र व्यवहारिक हिसाबले संसद् अवरोध गर्ने पक्षमा नभएको सांसद ढकालले बताए ।     

कानुन बनाउने सांसदले अलि बढी स–साना विकास निर्माणका काममा लागेजस्तो देखिन्छ । सांसद भनेको मूलतः कानुन बनाउने व्यक्ति हुन भनेर स्थापित हुनुपर्ने थियो तर नेपालमा त्यो कुरा स्थापित हुन नसक्दा सांसदले समाजमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, त्यस क्षेत्रको विकासमा पूर्णरुपमा ध्यान दिनुपर्ने अभ्यास हुँदा त्यसविपरीत जान नसक्ने उनको अनुभव छ ।     

“निर्वाचनका बेलामा जनतालाई मत माग्न जाँदा धेरै आश्वासन दिने बानी छ, गाउँमा जाँदा विद्यालय बनाउने, मन्दिर बनाउने, सडक बनाउने विषयमा बोल्नै पर्ने मान्यता छ”, सांसद ढकालले भने, “त्यो कुरा एउटा सांसदले तोड्न सक्दैन, जनताको घेराबन्दीमा भएको सांसदले म यो गर्न सक्दिन भन्न सक्दैन ।” राज्य प्रभावकारी तरिकाले अघि बढ्नका लागि राज्यका प्रमुख तीन अङ्गबीच शक्ति सन्तुलनका हिसाबले पनि प्रभावकारी तरिकाले अघि बढ्नुपर्छजस्तो उनलाई लाग्छ ।     

विसं २०२९ वैशाख ६ गते बाँकेमा जन्मेका सांसद ढकालले २०४५ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । उलले युवा सङ्घको केन्द्रीय सचिव, उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीमा गाउँ कमिटीको सचिव, जिल्ला अध्यक्ष, प्रदेशको सचिवालय सदस्य हुँदै केन्द्रीय सदस्य भएर ढकालले काम गरिरहेका छन् ।     

सांसद विकास कोष सांसदमा  पाँच करोड छुट्याएको थियो । जनप्रतिनिधिले आफ्नो ठाउँको विकासका लागि हरेक पाउनु राम्रो हो तर जनप्रतिनिधिलाई व्यक्तिगतरुपमा पैसा दिनुभन्दा पनि राज्य कोषबाटै विकासमा लगानी गर्दा राम्रो हुने उनको बुझाइ छ । “जनताको प्रतिनिधिलाई कुन क्षेत्रको विकास कसरी गर्नुपर्छ, त्यहाँको आधारभूत आवश्यकता के हो भन्ने थाहा हन्छ तर जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएका विषय पनि हुन्छन्”, सांसद ढकालले भने, “सांसद विकास कोषबाट सांसदलाई पैसा दिनुभन्दा पनि अध्ययन गरेर कुन कुन ठाउँमा के के विकास गर्न जरुरी छ भनेर अध्ययन गरेर दिँदा राम्रो हुन्छ ।”     

जनताको प्रतिनिधि भएर सदनमा बोल्दा मर्यादित भएर बोल्नुपर्ने उनको बुझाइ छ । पहिला बोल्ने अनि रेकर्डबाट हटाउनेजस्ता अभ्यास राम्रो हुँदैन भन्ने उनको ठम्याइ छ । “पहिला बोल्ने अनि रेकर्डबाट हटाउने गरिन्छ, आफूले बोलेको कुराको पछिसम्म असर रहन्छ भने सोच छैन”, उनले भने, “एउटा मापदण्ड बनाउन जरुरी छ, बोल्दा खेरी मर्यादित भएर नै आफ्नो कुरा राख्न जरुरी हुन्छ ।”     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending