काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असहजता हुने गरेको बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
पर्यटनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उनले दोहोर्याए । उनले नेपालमा विदेशी पर्यटकका लागि निषेधित क्षेत्र धेरै हुँदा पर्यटकलाई समस्या भएको उल्लेख गर्दै डबल हवाई भाडा लिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रति नराम्रो सन्देश गैरहेको बताए । समस्या समाधानका लागि आफूले पहल गरेको उनको भनाई छ ।
मन्त्री किरातीले भने, ‘पर्यटन ऐनहरु पुराना छन् । समय सापेक्षित ऐन संशोधन गर्नुछ । नेपाल आउने विदेशी पाहुनाका लागि हामीले जहाजको भाडा डबल गरेका छौं, त्यसले विश्व समाजमा नकारात्मक सन्देश गैरहेको भन्दै धेरै ठाउँबाट भाडा समायोजनको लागि सुझाव तथा आक्रोस पनि आउने गरेका छन् । निषेधित क्षेत्रहरुको कारणले गर्दा पर्यटनमा धेरै ठूलो असहजता छ । त्यो सहजीकरण गर्न हिजैमात्र मैले प्रधानमन्त्रीसँग कुरा राखेको छु ।’
जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा तीव्र रुपमा असर पारिरहेकाले नेपालका हिमाल कालो पत्थरमा परिणत हुने खतरा उच्च रहेको भन्दै त्यसलाई जोगाउन सबै लाग्नुपर्ने उनले बताए ।
हिमाली पर्वतारोहीले हिमाल आरोहणपश्चात् गरेको फोहोरले हिमाली स्वच्छतामा असर पारेको भन्दै उनले त्यसलाई रोक्न सबै लाग्नुपर्ने बताएका हुन् ।
हिमाली क्षेत्रमा गरिने ‘फेक रेस्क्यु’ को कारण नेपाल घुम्न आउने विदेशी पर्यटकमा नकारात्मक प्रचार भएको भन्दै त्यसतर्फ निजी, सरकारी सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: