काठमाडौं । काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको हाे ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को असोज महिनामा काठमाडौँमा दुई हजार ३१५ को सङ्ख्यामा घरजग्गा कारोबार भएको छ । भदौ महिनामा एक हजार ९५० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।
असोजमा भएको घरजग्गा कारोबार भदौको तुलनामा १८ प्रतिशतले बढी हो । साउनको तुलनामा भदौमा १० प्रतिशतले घरजग्गाको कारोबार बढेको थियो । साउनमा एक हजार ७६० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष असोज महिनाको तुलनामा यस वर्षको सोही समयमा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको छ ।
गतबर्ष असोजमा एक हजार ५९६ सङ्ख्यामा मात्र घरजग्गा कारोबार भएको थियो । घरजग्गा किनबेचसँगै कित्ताकाट पनि वृद्धि भएको छ। भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको विभागको तथ्याङ्क छ। भदौमा पाँच सय ३२ सङ्ख्यामा जग्गा कित्ताकाट भएको थियो भने असोजमा सात सय १५ सङ्ख्यामा कित्ताकाट भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार घरजग्गा कारोबार बढ्नुमा भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खुल्ला गर्नु प्रमुख कारण हो । यस्तै बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेका कारण पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने उनको भनाइ छ । सरकारले भू–उपयोग नीति संशोधन गरी जग्गा कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार बढी रहेको बताउँदै उनले बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेकाले पनि घरजग्गाको कारोबार वृद्धि भएको बताए ।
उनका अनुसार साउनदेखि असोजसम्म निरन्तर घरजग्गाको कारोबार बढेको छ । अहिले विशेष गरी बालीनाली भित्र्याएपछि जग्गा बेच्न चाहने र छोराछोरीलाई विदेश पढाउनका लागि जग्गा बेच्ने गरेका कारण पनि घरजग्गाको कारोबार बढेको उनको भनाइ छ । घरजग्गाको कारोबार अबको चैतसम्म नै बढ्ने काफ्लेले बताए ।
अरू समयमा घरजग्गाको कारोबार बढे पनि चैतदेखि असारसम्म भने कारोबार घट्ने गरेको उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: