काठमाडौं । काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको हाे ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को असोज महिनामा काठमाडौँमा दुई हजार ३१५ को सङ्ख्यामा घरजग्गा कारोबार भएको छ । भदौ महिनामा एक हजार ९५० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।
असोजमा भएको घरजग्गा कारोबार भदौको तुलनामा १८ प्रतिशतले बढी हो । साउनको तुलनामा भदौमा १० प्रतिशतले घरजग्गाको कारोबार बढेको थियो । साउनमा एक हजार ७६० को सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष असोज महिनाको तुलनामा यस वर्षको सोही समयमा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको छ ।
गतबर्ष असोजमा एक हजार ५९६ सङ्ख्यामा मात्र घरजग्गा कारोबार भएको थियो । घरजग्गा किनबेचसँगै कित्ताकाट पनि वृद्धि भएको छ। भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको विभागको तथ्याङ्क छ। भदौमा पाँच सय ३२ सङ्ख्यामा जग्गा कित्ताकाट भएको थियो भने असोजमा सात सय १५ सङ्ख्यामा कित्ताकाट भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार घरजग्गा कारोबार बढ्नुमा भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खुल्ला गर्नु प्रमुख कारण हो । यस्तै बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेका कारण पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने उनको भनाइ छ । सरकारले भू–उपयोग नीति संशोधन गरी जग्गा कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार बढी रहेको बताउँदै उनले बैङ्कले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेकाले पनि घरजग्गाको कारोबार वृद्धि भएको बताए ।
उनका अनुसार साउनदेखि असोजसम्म निरन्तर घरजग्गाको कारोबार बढेको छ । अहिले विशेष गरी बालीनाली भित्र्याएपछि जग्गा बेच्न चाहने र छोराछोरीलाई विदेश पढाउनका लागि जग्गा बेच्ने गरेका कारण पनि घरजग्गाको कारोबार बढेको उनको भनाइ छ । घरजग्गाको कारोबार अबको चैतसम्म नै बढ्ने काफ्लेले बताए ।
अरू समयमा घरजग्गाको कारोबार बढे पनि चैतदेखि असारसम्म भने कारोबार घट्ने गरेको उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: