गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ ।
बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधनसमेत वारपार गर्न नसक्दा यात्रुले निक्कै हैरानी खेप्दै आएका थिए ।
“बर्खा लागेपछि अत्याश्यक सवारी साधनसमेत चलाउन कठिनाइ थियो”, स्थानीयवासी जीवन कुमालले भने, “बर्खामा काठमाडौँ चितवन जान लागेको बस पानी नघट्दासम्म खोलाको किनारामा दुई तीनसम्म पानी कहिले घट्ला भनेर किनारामै पर्खनुपर्ने बाध्यता थियो, पुल बनेपछि अहिले पुल बनेपछि सहज भएको छ ।” त्यस क्षेत्रका बासिन्दाले लामो सयमदेखि ज्यादुल खोलामा पुल निर्माणको माग गर्दै आएका थिए ।
डाइभर्सन पुलले आरुघाटदेखि भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, पिपलटार, सिमलटार, महादेवटारलगायतका क्षेत्रका बासिन्दालाई थप सजिलो भएको उनको भनाइ छ । एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन हुन नसकेपछि पक्की डाइभर्सन पुल निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
पुल बनेपछि अबदेखि बर्खाको समयमा समेत आरुघाट–बेनीघाट सडकखण्डमा चल्ने सवारी साधन निर्वाधरुपमा सञ्चालन हुने उनले बताए। प्रदेश सरकारको विनियोजन गरेको रु ३५ लाखका लागतमा ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण सम्पन्न गरिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।
“खोलामा सातवटा ठूलाठूला हिम पाइप जडान गरी डाइभर्सन पुल निर्माण गरिएको हो”, उनले भने, “खोलामा पुल नहँुदा बर्खायाममा खेतबारीमा काम गर्न ओहोरदोहोर गर्नका लागि समेत स्थानीयवासीलाई कठिनाइ हुँदै आएको थियो अब सजिलो भएको छ ।”
उक्त पुल हुँदै घाटेबेँसीदेखि गोरखा सदरमुकाम, घाटेबेँसीदेखि बेनीघाट, काठमाडौँसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधन चल्ने गर्दछ । बर्खाका बेला खोला बढेपछि वारिपारि गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल निर्माण भएपछि खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: