Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

पूर्वसभामुख अग्नी सापकोटाले तीन दशकदेखि दशैं तिहारमा किन टिका लगाएनन् ?

खबरडबली संवाददाता

काठमाडौं । थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकयता दशैं र तिहारमा टिका लाएका छैनन् ।

५० को दशकमा पार्टी नेतृत्वले दशैं नमनाउने भनेर गरेको निणर्यलाई उनले आजसम्म निरन्तरता दिएका छन् । यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टिका लाए न त अरुलाई नै लगाईदिए । यही कारण उनले बितेका ३० वर्षयता दशैं तिहारमा टिका लगाउने र लगाईदिने गरेका छैनन् । 

माओवादीका प्रवक्ताको जिम्मेवारीमारहेका नेता सापकोटाले पार्टीको दशैं तिहारमा टिका नलाउने भन्ने उबेलाको नीति, विचार र सिद्धान्त कहिलेसम्म अनुशरण गरिरहने भन्ने पनि थाहा नपाएकाे बताए ।

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तन पछि नेतृत्वतहले नै विस्तारै पर्व मनाउन थाले । नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ । आफ्ना विचारको निरन्तरता र त्यसमा दृढता देखाउने भन्दा ‘विचारमा नै अस्थिर नेता’को ट्याग नै प्रचण्डले पाएका छन्।

आफूलाई शुद्ध कम्युनिष्ट पार्टी मान्ने माओवादी र त्यसका नेतृत्वले जनयुद्धको तयारी गर्दै गर्दा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेर दशैं, तिहार जस्ता पर्व समेत नमान्ने घोषणा गरेको माओवादी त्यसमा किन अडिग हुन सकेन ? भन्ने प्रश्नमा सापकोटाले, नेतृत्व र पार्टीमा विचारको विकास रोकिएको भएपनि आफू भने सिद्धान्तमा अडिग रहेको दाबी गरे।

‘विसं २०५० तिर जनयुद्धको तयारी गर्दा नै दशैंको बारेमा छलफल बहस गर्नुपर्छ र यसलाई नयाँ परिभाषा सहित मनाउनु पर्छ भनेर हामी कम्युनिष्टले दशैं मान्न छोड्यौं । त्यहाँदेखि आजसम्म मैले दशैं तिहारमा टिका लगाएको पनि छैन र अरुलाई पनि लगाईदिएको छैन । किनभने त्यो समयमा किन छोडेको र अहिले किन सुरु गर्ने भन्ने कुराको जवाफ मसँग छैन । यसमा नेतृत्वसँग छलफल गर्न पनि सकिएको छैन। अरुलेत छोडेर पनि अर्को निर्णय नहुँदै पुनः टिका लाउन सुरु गरे। तर मैले भने परम्परागत हिसाबले टिका लगाएको छैन’  माओवादी नेता सापकोटाले सुनाए ।

सापकोटाले पार्टीभित्र दशैं किन मान्न छोडेको र किन मनाउन सुरु गर्ने भन्ने बहस गरेर निष्कर्ष ननिकाले सम्म आफूले दशैं मनाउनुको औचित्य नहुने देखेकैले तीन दशक यता पर्वमा टिका लाउने लगाइदिने नगरेको बताए । यस विषयमा नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ।

‘हामीले पार्टीभित्र दशैं किन नमान्ने भनेको र पछि किन कम्युनिष्टले मान्न थालेको भनेर छलफल चलाउन सकेकै छैनौं । संस्कृति ठूलो कुरा हो, यसलाई कसरी संरक्षण गर्ने, सिर्जनात्मक र रचनात्मक रुपले कसरी विकास गर्ने भन्ने कुरामा यसमा ठूलो बहसको आवश्यकता छ । हामीभित्र छलफल गर्नै बाँकी छ । यो विषयमा पार्टीमा हिजो किन मनाउन छोडियो ? त्यो बेठिक थियो भने बेठिक हो भन्न सक्नुपर्यो, समीक्षा हुनुपर्यो । आज किन टिका लगाउन सुरु गर्ने भनेर त्यसको निष्कर्ष सहित सुरु गर्न सक्नुपर्यो । मनलागे सुरु गर्ने नलागे छोड्ने प्रवृति राम्रो होइन । नेतृत्वले सोच्ने कुरा व्यवस्थित र हामीमाथि उठेका जिज्ञासालाई मेटाउन सक्ने उत्तर हामीसँग हुनुपर्छ,’ सापकोटाले भने ।

उनले माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सक्तामा पुगेपछि विर्सीएकाे र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि औँल्याएका छन् ।

उनले भने,‘देश र पार्टीको यो हालत किन भयो भने यहाँ विचारको विकास भएन । विचारको विकासमा जति हामीले ध्यान दिएर जोडबल गर्नुपर्ने थियो त्यो भएन । एकत हामीमा विचार विकासमा उदासिनता हो । अर्को उहिले माओवादीले सुरु गरेको त्यत्रो ठूलो परिवर्तका लागि असाधारण साथ दिएका महिला, गरिब, आदिवासी, मजदुर, किसान, जनजाति सबैलाई हामीले आफ्नो वर्ग परिवर्तनसँगै कम्युनिष्टलाई साथ दिएका मध्यम र तल्लो वर्गका ती असल मित्रलाई विर्सियौँ, टाढियौँ । त्यही कारण हामी कमजोर भैरहेका छौं ।’

माओवादीले सुरु गरेको परिवर्तको युद्धमा होमिएर साथ दिएका तल्लो वर्गका नागरिलाई परिवर्तनपछि माओवादीले विर्सिएको उनले स्वीकारे । नेतृत्वमा परिवर्तनपछि आएको बदलाव, मध्यम र उच्च वर्गसँगको नेतृत्वको उठबसले तल्लो वर्गलाई माओवादीले विर्सँदा माओवादी ३२ सिटमा खुम्चिएकोले अब त्यसलाई सुधार्न नेतृत्व नै अग्रसर भएर लाग्नुपर्ने उनको धारणा छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending