Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

बागलुङमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

खबरडबली संवाददाता

गलकोट । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । 

फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेपछि संस्थागत सुत्केरीको सङ्ख्यामा वृद्धि भएको छ ।  परियोजनाले १३ बर्थिङ सेन्टर स्थापना गर्न र ४० बर्थिङ सेन्टर स्तरोन्नति गर्नमा सहयोग पुर्याएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाका कार्यक्रम संयोजक गणेश बरुवालले जानकारी दिए ।

पाँच वर्षदेखि बागलुङमा क्रियाशील रहेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले स्थानीय पालिकाको समन्वय र साझेदारीमा नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, प्रयोगशाला स्थापना गर्न उपकरण र बर्थिङ सेन्टरको स्तरोन्नतिको काम गर्दै आएको बरुवालको भनाइ छ । 

“जिल्लामा हाल ६१ बर्थिङ सेन्टर रहेका छन्, जसमध्ये ५३ बर्थिङ सेन्टरमा हाम्रो सहयोग पुगेको छ, त्यसमध्ये १३ नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, ४० बर्थिङ सेन्टर स्तरोन्नति र उपकरणमा सहयोग गरिएको छ, परियोजनाले पाँच वर्षमा दुर्गमका १६ स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरेको छ”, उनले भने, “हामीले दीर्घकालीन रुपमा बर्थिङ सेन्टर, प्रयोगशाला सञ्चालनका लागि स्थानीय निकायसँग साझेदारी गरेका छौँ, बर्थिङ सेन्टर स्थापना गर्न हामीले सहयोग गर्छौं, पालिकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी खटाउने गरेको छ ।”

पाँच वर्षमा १३ बर्थिङ सेन्टर स्थापना गर्न रु दुई लाख बराबरको सहयोग परियोजनाले गरेको छ भने पालिकाले कर्मचारी व्यवस्थापन गरिरहेको छ । त्यसमध्ये परियोजनाले आवश्यक उपकरण, पालिकालाई भिडियो एक्स–रे, बर्थिङ सेन्टरलाई ‘बेबी वार्मर’ र ४६ बर्थिङ सेन्टरमा अत्यावश्यक रहेको शिशुको मुटुको धड्कन मापन गर्ने यन्त्र सहयोग गरेको बरुवालको भनाइ छ । 

 परियोजनाले  ३२ बर्थिङ सेन्टरको मर्मतसम्भार, फर्निचर सामग्री र शय्या सहयोग गरेको छ । आगामी दिनमा ६१ वटै बर्थिङ सेन्टरमा ग्रामीण स्वास्थ्य सुधार परियोजनाको पहुँच पुर्याएर बागलुङलाई शून्य होमडेलिभरी गराउने अभियान रहेको परियोजनाको साझेदार संस्था विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिए ।

परियोजनाले रु २० लाख लागतमा चार पालिकालाई गर्भवती परीक्षणका लागि मोबाइल भिडियो एक्स–रे उपकरणसमेत सहयोग गरेको छ । जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा भिडियो एक्स–रे उपकरण प्रदान गरिएको हो ।  

यस्तै, परियोजनाले स्थानीय पालिकाको साझेदारीमा  गाउँघर क्लिनिक तथा खोप क्लिनिक गरी जिल्लाभर १८ भवन निर्माण गरेको छ । रु तीन लाख स्थानीय पालिका र रु तीन लाख परियोजनाको गरी रु छ लाखका १८ वटा भवन निर्माण गर्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य सुधारका लागि ठूलो सहयोग पुगेको छ । यसअघि गाउँघर क्लिनिक र खोप क्लिनिक नहुँदा व्यक्तिका घर तथा भाडाको घरबाट सेवा दिनुपर्ने बाध्यता रहेको थियो । 

सोह्र बर्थिङ सेन्टरमा  प्रसूति प्रतीक्षालय कक्ष निर्माण, रु २८ लाख ६० हजार लागतमा २२ बर्थिङ सेन्टरमा बेबी वार्मर सहयोग गरिएको छ । दुर्गमको तमानखोला गाउँपालिकाको वडा नं ६ नर्जाखानी, वडा नं ७ को खुङ्खानीमा बर्थिङ सेन्टर स्थापनाका लागि सहयोग तथा बोङ्गादोभान, तमान र खुङ्खानीको स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापनाका लागि सहयोग गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

परियोजनाको सहयोगमा बागलुङको मल्म, सिगाना, दर्लिङ, गाडीखोला, सिसाखानी, नर्जाखानी, खुङखानी, लुकुरबन, रमुवा, हटिया, दुदिलाभाटी र नरेठाँटीमा पूर्ण बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेको थियो भने पालिकाले जनशक्तिको व्यवस्थापन गरेको छ । 

बागलुङका अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी बर्थिङ सेन्टर स्थापना गर्दा अकालमै गर्भवती र सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने जोखिम न्यूनीकरण भएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका १३ स्थानमा पछिल्लो पाँच वर्षयता बर्थिङ सेन्टर स्थापना गरेर सेवा दिन थालिएको छ । 

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदा आउँदै बाटोमै सुत्केरी हुने समस्यालाई दृष्टिगत गर्दै ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत बर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले  सञ्चालनमा ल्याउने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending