Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । 

अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पुर्याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् । 

विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताए । खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पुर्याउन सकिएको छैन । 

सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट कटुञ्जे बढरे खोला मुहानमा इन्टेक निर्माण, मुख्य पाइपलाइन व्यवस्थापन र मुहान संरक्षणका काम गरेपछि बजारमा खानेपानीको योजना पुन: सञ्चालनमा आएको वडाध्यक्ष तामाङले बताए । 

आर्थिक वर्ष ०७८/०७९ मा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाको साझेदारीमा रु ४० लाख बजेट विनियोजन भएको थियो । आब ०७८/०७९ मा बजेट विनियोजन भए पनि ०७९/०८० मा खरिद प्रक्रियामार्फत खर्च गरिएको हो । 

सो बजेटबाट मुहानदेखि बजारसम्म पानीको पाइप बिच्छ्याउने काम भएको वडाध्यक्ष तामाङले बताए । आब ८०/८१ मा नगरपालिका आफैँले रु १० लाख बजेट विनियोजन गरेर पाइप वितरणको काम गरेको तामाङको भनाइ छ ।
 
नगरपालिकाले बजार खानेपानीको लागि बजेट हालेपछि अहिले घरघरमा पानी पुर्‍याउन पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको हो । नगरपालिकाको सबैभन्दा ठूलो बजारको रुपमा रहेको मेलम्चीमै पानीको अभाव भएपछि विशेष महत्वका साथ काम भइरहेको नगरप्रमुख आइतमान तामाङले बताए। 

इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाको समेत केन्द्र रहेको मेलम्ची बजारको खानेपानीको समस्या समाधान गर्नु नगरको मुख्य जिम्मेवारी रहेकाले अहिले तीव्र गतिमा काम भइरहेको र अब छिट्टै खानेपानीको समस्या समाधान हुने उनले बताए । 

स्थानीय तह आएको पहिलो वर्षनै स्थानीयका घरघरमा चौबिसै घन्टा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताउने गरिएको छ । बजारका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०७० देखिनै काम सुरु भए पनि अहिले योजनाले मूर्तरुप लिन लागेको हो ।
 
“हामी प्राविधिकरुपमा देखिएको समस्याको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गरिरहेका छौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ”, वडाध्यक्ष तामाङले भने । हाम्रो उद्देश्य भनेकै बजारको खानेपानीको समस्या अन्त्य गर्ने हो । आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । 

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै मेलम्ची बजारमा पानी झारिएको छ भने पानी वितरणका लागि व्यवस्था गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ । 

आयोजना सम्पन्न भएपछि बजारमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए । “अब केही समयमै बजारका नागरिकले स्वच्छ खानेपानी पाउँदैछन्, यो सुखद् पक्ष हो”, उनले भनिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending