Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

पत्रकारलाई सित्तैंमा काम गराउँदा मिडिया हाउसको इज्जत रहँदैनः बालकृष्ण बस्नेत, अध्यक्ष प्रेस काउन्सील नेपाल

खबरडबली संवाददाता

काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले श्रमजिवी पत्रकारहरुलाई सित्तैंमा काम लगाउँदा सञ्चार गृहको इज्जत नरहने बताएका छन् ।

उनले श्रमजिवीलाई सित्तैंमा काम गराउँदा मिडिया हाउसहरुको इज्जत नरहने टिप्पणी पनि गरे । अध्यक्ष बस्नेतले श्रमजिवी पत्रकारहरुको श्रमको समस्या आन्तरिक रुपमै व्यवस्थापन र समाधान नगर्ने हो भने सञ्चारगृहहरु नै चल्न नसक्ने बताएका छन् । 

हाल नेपाली मिडिया हाउसले श्रमजिवीको समस्यालाई जानि नजानि समाधान गर्न नखोजेको उल्लेख गर्दै उनले थपे ‘ श्रमजिवी कामागहरु सुनुवाई गरेको देखिँदैन । यसले श्रमजिवीलाई समस्या माथि समस्या थपि दिएको छ । यदी पत्रकारीतालाई स्वच्छ, स्वतन्त्र र सक्षम तरिकाले अगाडि बढाउने हो भने समस्या समाधान गर्न मिडिया हाउसले बुझेर लाग्नुपर्छ । राम्रोसँग पत्रकारीता गरेर मिडिया हाउसलाई अगाडि बढाउने हो भने आन्तरिक रुपमा श्रमजिवीका घर भित्रका जल्दोबल्दो समस्यालाई यत्तिकै राखेर मिडियाहाउस चल्न सक्दैन ।’

उनले अनलाइन मात्रै नभएर लामो इतिहास बोकेका प्रिन्ट र ब्रोडकास्ट मिडियाले समेत श्रमजिवीलाई समस्यामा पारेकै कारण त्यसको नकारात्मक प्रभाव विषय वस्तुमा परेको टिप्पणी गरे । 

श्रमजिवी पत्रकारका पेशागत समस्यालाई प्रत्यक्ष रुपमा नेतृत्वलिने निकाय नेपाल पत्रकार महासंघले पत्रकार र मिडिया हाउससँग समन्वय गरेर हाल चर्चामा रहेका मुद्दाको समाधान गर्न पनि अध्यक्ष बस्नेतको सुझाव छ। उनले प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त भएर आग्रह पूर्वाग्रहविना नै कार्य गर्दै आएको दाबी पनि गरे । 

‘प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय हो र छ पनि । यस माथि काँही कतैबाट हस्तक्षेप हुनु हुँदैन भन्ने मान्यता हो, कानूनी रुपमै पनि स्वतन्त्र र स्वायत्त छ । सरकारले कहिलेकाँही बुझ्दैन र आफ्नो स्वार्थ अनुसार काम गराउन खोज्ने या काउन्सिलले यस्तो गर्दिए हुन्थ्यो भन्ने  इक्ष्या कहिले काँही राख्न सक्छ ।’ उनले भने,  ‘काउन्सिलले कुनै कोणबाट राजनीतिक दबाबवा हस्तक्षेप हुन आउँछ भने त्यसमा काउन्सिलले आफ्नो स्वायत्तता के गरी बचाउन सकिन्छ त्यो पाटोमा हेर्नुपर्छ र सोहीअनुसार  नै हामी कामगर्दै आएका छौं ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending