काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले श्रमजिवी पत्रकारहरुलाई सित्तैंमा काम लगाउँदा सञ्चार गृहको इज्जत नरहने बताएका छन् ।
उनले श्रमजिवीलाई सित्तैंमा काम गराउँदा मिडिया हाउसहरुको इज्जत नरहने टिप्पणी पनि गरे । अध्यक्ष बस्नेतले श्रमजिवी पत्रकारहरुको श्रमको समस्या आन्तरिक रुपमै व्यवस्थापन र समाधान नगर्ने हो भने सञ्चारगृहहरु नै चल्न नसक्ने बताएका छन् ।
हाल नेपाली मिडिया हाउसले श्रमजिवीको समस्यालाई जानि नजानि समाधान गर्न नखोजेको उल्लेख गर्दै उनले थपे ‘ श्रमजिवी कामागहरु सुनुवाई गरेको देखिँदैन । यसले श्रमजिवीलाई समस्या माथि समस्या थपि दिएको छ । यदी पत्रकारीतालाई स्वच्छ, स्वतन्त्र र सक्षम तरिकाले अगाडि बढाउने हो भने समस्या समाधान गर्न मिडिया हाउसले बुझेर लाग्नुपर्छ । राम्रोसँग पत्रकारीता गरेर मिडिया हाउसलाई अगाडि बढाउने हो भने आन्तरिक रुपमा श्रमजिवीका घर भित्रका जल्दोबल्दो समस्यालाई यत्तिकै राखेर मिडियाहाउस चल्न सक्दैन ।’
उनले अनलाइन मात्रै नभएर लामो इतिहास बोकेका प्रिन्ट र ब्रोडकास्ट मिडियाले समेत श्रमजिवीलाई समस्यामा पारेकै कारण त्यसको नकारात्मक प्रभाव विषय वस्तुमा परेको टिप्पणी गरे ।
श्रमजिवी पत्रकारका पेशागत समस्यालाई प्रत्यक्ष रुपमा नेतृत्वलिने निकाय नेपाल पत्रकार महासंघले पत्रकार र मिडिया हाउससँग समन्वय गरेर हाल चर्चामा रहेका मुद्दाको समाधान गर्न पनि अध्यक्ष बस्नेतको सुझाव छ। उनले प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त भएर आग्रह पूर्वाग्रहविना नै कार्य गर्दै आएको दाबी पनि गरे ।
‘प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय हो र छ पनि । यस माथि काँही कतैबाट हस्तक्षेप हुनु हुँदैन भन्ने मान्यता हो, कानूनी रुपमै पनि स्वतन्त्र र स्वायत्त छ । सरकारले कहिलेकाँही बुझ्दैन र आफ्नो स्वार्थ अनुसार काम गराउन खोज्ने या काउन्सिलले यस्तो गर्दिए हुन्थ्यो भन्ने इक्ष्या कहिले काँही राख्न सक्छ ।’ उनले भने, ‘काउन्सिलले कुनै कोणबाट राजनीतिक दबाबवा हस्तक्षेप हुन आउँछ भने त्यसमा काउन्सिलले आफ्नो स्वायत्तता के गरी बचाउन सकिन्छ त्यो पाटोमा हेर्नुपर्छ र सोहीअनुसार नै हामी कामगर्दै आएका छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: