काठमाडाैं । इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाइएका मानिसलाई छाड्न सुरु गरेको छ । यही अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाइएका दुई अमेरिकी महिलालाई हमासले रिहा गरेको हो । आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो ।
बीबीसीका अनुसार मानवीय कारण आमा र छोरीलाई रिहा गरिएको हमासले जनाएको छ । बन्धकहरूको रिहाइका लागि कतारले मध्यस्थता गरेको थियो । रिहा हुँदै गरेका बेला जुडिथ र नताली रानानको तस्बिर पनि सार्वजनिक भएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनीहरुको रिहाइमा खुसी व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले अपहरणमा परेका अन्य १० जना अमेरिकी नागरिकको रिहाइका लागि पनि २४सै घण्टा काम गरिरहेको उल्लेख गरेका छन् ।
इजरायलमा बेपत्ता पारिएका नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको आशंका गरिएको छ । तर आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। सरकारले उनको खोजी जारी रहेको जनाएको छ ।
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गयो ।त्यसयता सरकारले दुई चरणमा गरी २७२ नेपालीलाई इजरायलबाट उद्धार गरी नेपाल ल्याइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: