Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

चिया मजदुरको दसैंः ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’

खबरडबली संवाददाता

चरी ररी ररी रै

चरी ररी ररी रै
चरी ररी ररी ररी रै
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान् पर्व आँगनमा आइपुग्यो
हो दसैं आयो………………

यस गीतले भनेझैं बर्खापछि खुलेको आकाश र न्यानो घामले दसैं भित्रिसकेको प्रस्ट पार्छ । कामकाज, उच्च शिक्षा र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरू घर फर्कंदै छन् ।

आहा ! कति रमाइलो समय । सरकारले पनि लामो सार्वजनिक बिदा दिने गरेकाले यसको महत्व अझ बढेको छ । दसैंमा सकेसम्म परदेसिएकाहरू घर फर्कने गर्छन् । आफन्तसँग भेटघाट, ठूलाबाट टीकाजमरासहित आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।
दसैंमा मिठोमसिनो खाने र नयाँ लगाउने प्रचलन पनि छ । वर्ष दिनको चाडपर्वमा भेट हुँदा दुःखसुख बाँड्ने समय अनि धानका पहेंला बाला खेतभर झुलिन थालेपछि ‘दसैं कसलाई पो रमाइलो नलाग्ला र ?’

चिया मजदुरका दुःख
तर, इलामका चिया मजदुरलाई भने दसैं ‘हर्ष न विस्मात’ बनेको छ । बर्सेनि अर्बौं विदेशी मुद्रा आर्जन गर्ने चिया बगानका मजदुर दसैं आउँदैगर्दा खुसी हुनसकेका छैनन् भने किसानको पनि अवस्था त्यस्तै छ ।

वर्षौंदेखि चिया बगानमै मजदुरी गर्नेको जीवनस्तर उक्सन सकेको छैन । उनीहरूको मजदुरी कमाउन होन, दुई छाक टार्नका लागि बनिरहेको छ । उनीहरूलाई मजदुर बनाएर उद्योग सञ्चालन गरेका अहिले चिल्लो गाडीमा कुदिरहेका छन् । अन्य क्षेत्रभन्दा कम ज्याला पाउँदा पनि मजदुर चियामै श्रम गरिरहेका छन् ।

दुईछाक टार्नै समस्या
त्यसो त, इलाम र चिया पर्यायवाची नै बनिसक्यो । ‘इलाम’ भन्नेबित्तिकै आँखा अघिल्तिर चिया नै छाउँछ । हुन पनि पूर्वी इलामका अधिकांश क्षेत्रमा चियाखेती हुन्छ । हरिया कार्पेट बिछ्याएझैं लोभलाग्दा बगान छन् । यसले पूर्वी पहाडका किसानलाई ‘पैसा फल्ने रूख’ मात्र दिएको छैन, आगन्तुकलाई लोभ्याउने दृश्यसमेत दिएको छ । तर, पैसा फल्ने बोट सुम्सुम्याउने मजदुरले पैसा पाउन सकेका छैनन् । छरछिमेक सबैले दसैंका लागि किनमेल गरिसके, चिया मजदुरलाई भने बिहान–बेलुकाको छाक टार्नै समस्या छ ।

शोषणको सिकार !
१९२० सालमा इलामबाट चियाखेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ६० वर्ष भइसकेको छ । त्यसयता चिया श्रमिक सधैं चिया उत्पादनमा घोटिइरहेका छन् । चियामै जिन्दगी सुम्पेर काम गरिरहेका उनीहरूले ज्याला होइन, शोषण पाउँदै आएका छन् ।

खान–लाउनै समस्या
महँगीअनुसारको ज्याला र अन्य सुविधा नपाउँदा श्रमिकलाई खाना–लाउन नै समस्या छ । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहनेगरी लिजमा दियो ।

६५ प्रतिशत हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर बगान सञ्चालन भइरहेका छन् । यी बगानमा काम गर्ने मजदुर सेवा सुविधाका लागि सधैं आन्दोलन गर्न बाध्य छन् । आन्दोलन पनि त्यति सहज छैन, ‘कामबाटै निकालिदिने हो’ भन्नेमा चिन्तित बन्दै ज्याला पाउन लड्नुपर्ने बाध्यता छ ।

४ सय ३५ रुपैयाँबाटै गुजारा
नेपाल चिया विकास निगमअन्तर्गत इलाममा सञ्चालित बगान र उद्योगमा कार्यरत मजदुर दैनिक कमाइले हातमुख जोड्न नसक्ने स्थितिमा छन् । उनीहरूको दैनिक ज्याला ४ सय ३५ रुपैयाँ छ, त्यसैबाट बिहान–बेलुका छाक टार्ने र घर व्यवहार चलाउनुपर्ने बाध्यता छ ।

दुई छाक टार्न धौधौ भइरहेका बेला दसैं मनाउन समस्या हुने मजदुरको गुनासो छ । बगानका स्थायी मजदुरलाई दसैं खर्चबापत ७ हजार रुपैयाँ दिने इलाम चिया बगानकी मजदुर नेता सरस्वती चौलागाई बताउँछिन् । बगानबाट टिपेर ल्याई कारखानामा प्रशोधन गरेको चिया मालिकले केजीको हजारौं रुपैयाँमा बेच्ने गर्छन् तर त्यो चिया बनाउने मजदुरले ५ सय रुपैयाँ पनि पाउँदैनन् ।

आफ्ना समस्या राख्न सक्दैनन्
बगानका अस्थायी मजदुरले भने न दसैं खर्च पाउँछन्, न त सधैं काम नै । परिवारमा अन्य पेसा नगर्नेका लागि दसैंभन्दा पनि ‘दशा’झैं हुने भन्दै दुःखसुख मनाउनुपर्ने बाध्यता छ । उनीहरू समस्या छ भनेर बोल्न पनि डराउँछन् । ‘मालिकले थाहा पायो भने कामबाट निकाल्छ कि ?’ भनेर बोल्न सक्दैनन् भने आफ्ना दुःख लुकाएरै काम गरिरहेका हुन्छन् ।

जंगबहादुरको देन
१९२० सालमा इलामबाट चियाखेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बिरुवा उपहारस्वरूप ल्याएका थिए । सो बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापालाई दिएपछि इलामे माटोमा चियाको बोटको बिजारोपण भयो । त्यसपछि पूर्वी पहाडका पाखापखेरा हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय समस्या झेल्नुपरेका कारण खेती विस्तार हुन सकेको छैन ।

बगान स्थानीयमातहत ल्याउन पहल
स्थानीय सरकारले निजी क्षेत्रलाई लिजमा दिँदै गर्दा मजदुरले सधैं समस्या खेपिरहेको र बगान कुरूप बनाउँदै लगेको भनेर माग राखिरहेका छन् । जिल्लाको इलाम, माई र सूर्योदय नगरपालिकाले झापाका पालिकासमेतको संयुक्त बैठकसमेत राखेर निजी क्षेत्रको चिया बगान स्थानीय सरकारमातहत ल्याउन संघीय सरकारलाई पटकपटक पत्रसमेत पठाइरहेका छन् ।

बजार विस्तारमा प्रयासरत
सूर्योदय नगरप्रमुख दुर्गाकुमार बराल चिया क्षेत्रमा नीतिगत व्यवस्थासमेत गरी गुणस्तर र बजार विस्तारमा प्रयास गरेको बताउँछन् । सूर्योदय चियाको राजधानीसमेत भएकाले उत्पादनदेखि उपभोगसम्मको यात्रा सहज बनाउन प्रयास गरिरहेको उनको दाबी छ ।
‘बेलाबेला तयारी चिया निर्यातमा हुने गरेको समस्या सुल्झाउन पनि स्थानीय सरकारले सघाएको’ नगरप्रमुख बरालको कथन छ ।

भगीरथ भण्डारीले याे समाचार रमजधानी दैनिकमा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending