काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। कतिपयले यसलाई समावेशीको नाममा नयाँ प्रकारको विभेद भएको आरोप लगाएका छन्।
एमालेकै दलित मोर्चाका नेताहरूले पनि प्रतिनिधि छनोटमा दलित समुदायलाई मात्र भोट हाल्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका छन् । सामान्य निर्वाचन प्रणालीमा सबैले सबैलाई भोट हाल्ने प्रचलन भए पनि यसपटक दलित उम्मेदवारका लागि गैरदलितले भोट हाल्न नपाउने प्रावधान राखिएको थियो।
दलित नेताहरूले यस व्यवस्थाले समुदायलाई ‘पृथक् पहिचान’ को नाममा अलग बनाएको र सामाजिक-सांस्कृतिक रूपमा उपेक्षित बनाएको बताएका छन्। मुक्ति समाजका नेता मानबहादुर विश्वकर्मा भन्छन्, “पार्टीकै सदस्य भए पनि हामीले भोट हाल्न पाएको छैन। नेतृत्वले छिटो बुझोस्।”
केही अभियन्ताहरूले दलित शब्दको सट्टा ‘शिल्पी’ जस्ता व्यवसाय–आधारित शब्द प्रयोग गर्न सुझाव दिएका छन्। उनीहरूको तर्क छ कि जात–आधारित पहिचानको सट्टा व्यवसायिक पहिचानले समावेशीपन बढाउन सक्छ । तर दलित समुदायका विज्ञहरूले भने ऐतिहासिक हेपाइ र छुवाछुतका कारण ‘दलित’ शब्द अझै संवेदनशील रहेको र यसको सम्मानजनक प्रयोग आवश्यक रहेको बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले भने, “महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा भोट हाल्न सक्छन् । दलित समावेशी क्लस्टरमा जानेहरूले मात्र दलित प्रतिनिधि चयनका लागि भोट हाल्ने व्यवस्था पार्टीले समावेशीताको सिद्धान्त अनुसार लागू गरेको हो।”
दलित समुदाय र पार्टी कार्यकर्ताले समावेशी, समान अधिकारयुक्त र पारदर्शी प्रतिनिधि छनोटको माग राख्दै नेतृत्वलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...
माघ १९ गते, २०८२ - १८:३४
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...
माघ १९ गते, २०८२ - १८:३०
काठमाडौं । आगामी २० माघ मंगलबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौस...



प्रतिकृया लेख्नुहोस्: