Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी, सबै दलको निर्वाचन चिह्न स्वीकृत

मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी

खबरडबली संवाददाता

काठमाडौं । आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १३ राजनीतिक दलले उम्मेदवारी प्रक्रियामा सहभागी हुने भएका छन्। निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै १३ दललाई स्वीकृति प्रदान गर्दै उनीहरूलाई निर्वाचन चिह्न समेत उपलब्ध गराएको छ।

आयोगले स्वीकृत दलहरूको मतपत्रमा रहने क्रम पनि निर्धारण गरेको छ। सोअनुसार पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमश: नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहनेछन्।

छैटौँ नम्बरपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको क्रम तय गरिएको छ।

साथै नवदर्ता नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम–संस्कृति पार्टीका निर्वाचन चिह्नहरू मतपत्रको अन्तिममा रहनेछन्। आयोगका अनुसार सबै १३ दलको निर्वाचन चिह्न सातै प्रदेशमा एकै प्रकार हुने छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिन लागेका छन्। तीमध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनित सदस्य भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुनेछ।

प्रदेश अनुसार कोटा यसरी तोकिएको छ:

कोशी प्रदेश : ३ सिट

मधेश प्रदेश : ४ सिट

बागमती प्रदेश : २ सिट

गण्डकी प्रदेश : २ सिट

लुम्बिनी प्रदेश : ३ सिट

कर्णाली प्रदेश: २ सिट

सुदूरपश्चिम प्रदेश : २ सिट

निर्वाचन आयोगले दलहरूको मतपत्रक्रम २०७९ सालको प्रतिनिधिसभा समानुपातिक मतका आधारमा निर्धारण गरिएको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने

काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...

बालेन नेतृत्वको सरकारका १५ मन्त्रीको सूची सार्वजनिक

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...

डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल लाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र प...

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending