काठमाडौं । आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १३ राजनीतिक दलले उम्मेदवारी प्रक्रियामा सहभागी हुने भएका छन्। निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै १३ दललाई स्वीकृति प्रदान गर्दै उनीहरूलाई निर्वाचन चिह्न समेत उपलब्ध गराएको छ।
आयोगले स्वीकृत दलहरूको मतपत्रमा रहने क्रम पनि निर्धारण गरेको छ। सोअनुसार पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमश: नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहनेछन्।
छैटौँ नम्बरपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको क्रम तय गरिएको छ।
साथै नवदर्ता नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम–संस्कृति पार्टीका निर्वाचन चिह्नहरू मतपत्रको अन्तिममा रहनेछन्। आयोगका अनुसार सबै १३ दलको निर्वाचन चिह्न सातै प्रदेशमा एकै प्रकार हुने छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिन लागेका छन्। तीमध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनित सदस्य भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुनेछ।
प्रदेश अनुसार कोटा यसरी तोकिएको छ:
कोशी प्रदेश : ३ सिट
मधेश प्रदेश : ४ सिट
बागमती प्रदेश : २ सिट
गण्डकी प्रदेश : २ सिट
लुम्बिनी प्रदेश : ३ सिट
कर्णाली प्रदेश: २ सिट
सुदूरपश्चिम प्रदेश : २ सिट
निर्वाचन आयोगले दलहरूको मतपत्रक्रम २०७९ सालको प्रतिनिधिसभा समानुपातिक मतका आधारमा निर्धारण गरिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...




प्रतिकृया लेख्नुहोस्: