काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश पाठक नाम प्रयोग गर्ने व्यक्तिसँग सम्वन्ध र चिनजान देखिएका कारण उनीहरूलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका एक उच्च स्रोतका अनुसार, “धम्की दिने भनिएका व्यक्तिसँग सम्पर्क र चिनजान रहेको पुष्टि भएपछि सोधपुछका लागि कार्यालय ल्याइएको हो। अनुसन्धान जारी छ,” स्रोतले बताए। नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
केही दिनअघि मिति उल्लेख नभएको दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो। ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ नामक लेटरहेडमा जारी भनिएको उक्त पत्रमा विभिन्न उच्च पदस्थ र पूर्वपदस्थ अधिकृतलाई लक्षित गर्दै गम्भीर किसिमका धम्की उल्लेख गरिएका थिए।
उक्त पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नाम उल्लेख गर्दै धम्की दिइएको थियो।
पत्र सार्वजनिक भएपछि प्रकाश पाठक नाम प्रयोग गर्ने व्यक्तिले भिडियोसहितको सन्देश जारी गर्दै अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन समेत चेतावनी दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...




प्रतिकृया लेख्नुहोस्: