काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोक–सिन्धुलीखण्डअन्तर्गत करिब २८ किलोमिटर सडक बिग्रिएपछि राजमार्गका पाँचवटा खण्डमा पुनर्निर्माण कार्य सञ्चालन भइरहेको हो।
चार खण्डअन्तर्गत २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। ठेक्का अनुसार दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ। बाँकी ३ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहकार्यमा पुनर्निर्माण हुनेछ। उक्त खण्डको विस्तृत डिजाइन स्वीकृत भइसकेको र ठेक्का प्रक्रियामा रहेको रोड विभागले জানিয়ो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै कार्य प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। अनुगमन टोलीमा सडक विभागका महानिर्देशक विजय जैशी तथा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि सहभागी थिए।
अनुगमनका क्रममा मन्त्री घिसिङले निर्माण कार्यको प्रगति, ठेक्का अवधि, यातायात चलाउन हाल अस्थायी रूपमा बनाइएको डाइभर्सनको अवस्था तथा जाइकाले पुनर्निर्माण गर्ने खण्डसम्बन्धी तयारीबारे अवलोकन गर्दै आवश्यक निर्देशन दिएका छन्। हाल प्रयोगमा रहेको खोला किनारको डाइभर्सन वर्षायाम लागेपछि जोखिमपूर्ण हुने भएकाले उनले वर्षा सुरु हुनुअघि नै स्थायी संरचना निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
जनशक्ति अभाव र ऊर्जा आपूर्तिका कारण काममा ढिलाइ हुन नदिन उनले रातिसम्म काम गर्ने व्यवस्था मिलाउन, आवश्यक मेशिनरी र विद्युत आपूर्ति सुनिश्चित गर्न पनि सुझाव दिए।
जापान सरकारको अनुदानमा बनेको १६० किलोमिटर लामो बीपी राजमार्गलाई राजधानीदेखि पूर्वी भेगसम्मको ‘लाइफलाइन’ सडक मानिन्छ। गत वर्षको बाढीका कारण ३०.५ किलोमिटर सडकमा गम्भीर क्षति पुगेको थियो। हाल इन्टरमिडियट लेन संरचना रहेको राजमार्गको क्षतिग्रस्त भागलाई दुई लेन मानक अनुसार पुनर्निर्माण गरिँदै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: