Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोक–सिन्धुलीखण्डअन्तर्गत करिब २८ किलोमिटर सडक बिग्रिएपछि राजमार्गका पाँचवटा खण्डमा पुनर्निर्माण कार्य सञ्चालन भइरहेको हो।

चार खण्डअन्तर्गत २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। ठेक्का अनुसार दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ। बाँकी ३ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहकार्यमा पुनर्निर्माण हुनेछ। उक्त खण्डको विस्तृत डिजाइन स्वीकृत भइसकेको र ठेक्का प्रक्रियामा रहेको रोड विभागले জানিয়ो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै कार्य प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। अनुगमन टोलीमा सडक विभागका महानिर्देशक विजय जैशी तथा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि सहभागी थिए।

अनुगमनका क्रममा मन्त्री घिसिङले निर्माण कार्यको प्रगति, ठेक्का अवधि, यातायात चलाउन हाल अस्थायी रूपमा बनाइएको डाइभर्सनको अवस्था तथा जाइकाले पुनर्निर्माण गर्ने खण्डसम्बन्धी तयारीबारे अवलोकन गर्दै आवश्यक निर्देशन दिएका छन्। हाल प्रयोगमा रहेको खोला किनारको डाइभर्सन वर्षायाम लागेपछि जोखिमपूर्ण हुने भएकाले उनले वर्षा सुरु हुनुअघि नै स्थायी संरचना निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

जनशक्ति अभाव र ऊर्जा आपूर्तिका कारण काममा ढिलाइ हुन नदिन उनले रातिसम्म काम गर्ने व्यवस्था मिलाउन, आवश्यक मेशिनरी र विद्युत आपूर्ति सुनिश्चित गर्न पनि सुझाव दिए।

जापान सरकारको अनुदानमा बनेको १६० किलोमिटर लामो बीपी राजमार्गलाई राजधानीदेखि पूर्वी भेगसम्मको ‘लाइफलाइन’ सडक मानिन्छ। गत वर्षको बाढीका कारण ३०.५ किलोमिटर सडकमा गम्भीर क्षति पुगेको थियो। हाल इन्टरमिडियट लेन संरचना रहेको राजमार्गको क्षतिग्रस्त भागलाई दुई लेन मानक अनुसार पुनर्निर्माण गरिँदै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending