Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

पाँच महिनापछि रसुवागढी नाका सुचारु हुने तयारी, कोरोला नाका बन्द हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिने रसुवागढी नाका पाँच महिनापछि पुनः सञ्चालनमा आउने भएको छ। गत असार २४ मा चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध भएको नाका चीनले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेसँगै पुनः खुल्ने निश्चित भएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिजको निर्माण कार्य पूरा हुन लागेका कारण अब छिट्टै लोड–क्यापासिटी परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि चीनले पुल नेपाल सरकारलाई हस्तान्तरण गर्ने र दुई देशका अधिकारीबीचको समकक्षी बैठकले नाका खोल्ने आधिकारिक मिति तय गर्ने बताइएको छ।

उता, रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा विकल्पका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरोला नाका भने बन्द हुने संकेत देखिएको छ। अत्यधिक चिसोका कारण चीनले डिसेम्बर १ बाट कोरोला नाका बन्द गर्ने निर्णय गरिसकेको छ भने जाँचपासमा रहेका कन्टेनरहरू मात्र हाल चलाइँदैछन्। नयाँ सामान लोड भने रोकिएको छ।

रसुवा, तातोपानी र कोरोला तीनै नाका लामो समय प्रभावित हुँदा दसैँ–तिहारका लागि अर्बौँका सामान तिब्बतमै अड्किएर नेपाली व्यवसायी ठूलो आर्थिक संकटमा परेका थिए।

दसैँपछि सञ्चालनमा आएको कोरोला नाकाबाट कात्तिक मसान्तसम्म ७ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात र ८ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। त्यस्तै, यो अवधिमा तातोपानी नाकाबाट १३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। रसुवागढी भन्सारको हालको आयात भने बाढीपहिरोअघि भित्रिएका तर पछि जाँचपासमा परेकै कारण देखिएको बताइन्छ।

यसैबीच, स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारका लागि सरकारले बाटो खुला गर्न अनुमति प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनको अनुदानमा विस्तार हुने सडकका लागि निकुञ्ज क्षेत्र अस्थायी रूपमा प्रयोग गर्न दिने र निर्माण सामग्रीमा लाग्ने दस्तुर छुट दिने निर्णय गरेको हो। यसपछि सडक विस्तार चाँडो अघि बढ्ने र दीर्घकालीन रूपमा नेपाल–चीन व्यापार सहज हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending