Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

एक्लिदै बृद्धबृद्धा, बुढेसकालको साहारा भ्रम मात्र

खबरडबली संवाददाता

काठमाडाैं । मान्छेलाई हरेक क्षणमा परिवारको साथ चाहिन्छ । बच्चाहरुलाई बुवाआमा या अभिभावकको साथ चाहिएजस्तै बुढेसकालमा आफ्नो सन्तानको साथ अनिवार्य हुन्छ । बुढेसकालको सहारका लागि सन्तान जन्माउने नेपाली समाजको संकृति नै हो । तर, सन्तानको सहाराले बाँच्नुपर्ने बेला पुगेका बूढाबूढीहरु एक्लिरहेका छन् ।

पछिल्लो समयमा परिवारबाट एक्लिदै गएका बूढाबूढीहरुको संख्या बढिरहेको छ । कोही बाध्यताले एक्लिएका छन्, त कोही रहरले पनि एक्लिएको पाइन्छ । कसैको एक्लै बस्ने स्वभाव पाइन्छ भने कसैलाई परिवर्तित पारिवारिक ढाँचाले एक्लाएको छ । कोही बूढापाकाहरु सन्तानले वास्ता नगरेपछि एक्लिएका छन् । समाजको बिकासक्रमसँगै आधुनिक बन्ने नाममा सन्तानले बृद्धबृद्धाको भावना नबुझेपछि परिवारमा बेमेलको स्थिति बनेको पाईन्छ । अवसर र रोजगारीको खोजीका कारण परिवारहरु टुक्रिरहेका छन् । पछिल्लो समयमा एकल परिवारको परिपाटीले बूढापाकाहरु एक्लिएको पाइन्छ ।

सिन्धुलीकाे सुनकोशी १ स्थित आँपघारीमा ७२ वर्षिय पदम माया नेपालको सव आफ्नै घरमा सडेको अवस्थामा गत आइतवार फेला पर्‍यो । पाँच जना छोराको आमा उनी घरमा एक्लै बस्दै आएकी थिइन् । वृद्ध महिलालाई धेरै दिनदेखि नदेखेपछि छिमेकीहरुले काठमाडौँ बस्दै आएका छोराहरुलाई खबर गरेका थिए । घरमा बाहिरबाट बन्द भएको ढोका खोलेर हेर्दा अलि समय अगाडिनै मृत भएको र टाउकोमा किरा परेको र सडेगलेको अवस्थामा फेला परेको थियो ।

सुनकोसी गाँउपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीको दुई छोरी र चार भाई छोरा थिए । चार भाई मध्ये कान्छो छोराको करिब पाँच बर्ष अगाडी नै मृत्यु भयो । बाँकी रहेका छोरा पनि उनको साथमा रहेका छैनन् । कोहि बैदेशिक रोजगारमा गएका छन् भने कोहि सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । “छोरा यस्तो विकट ठाँउमा के बस्थे, जमानै यस्तै अयो,” बृद्ध नरबहादुरले भने, “बाठाटाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यहि घरमा छौ, ।”

त्यसो त बृद्ध नरबहादुर २००६ सालमा जन्मिनु भएको हो । तर उनलाई छोराले अपहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफुहरु एक्लिएको भन्दै उनले चित्त बुझाए । “हातगोडा लागुन्जेल काम गरेर शहर बस्ने गर्छन्, यहाँ आउदैनन्,” उनले भने, “चाडपर्वमा आउछन्, यस्तै छ ।” सुविधा र सुख खोज्दै छोराहरु सहर पस्ने क्रम बढेपछि यतिखेर गाँउ बृद्धाश्रम जस्तै बन्दै गएको उले बताए ।

यस्तै सोही ठाँउका ७३ बर्षिय केशबकुमार सुनुवारको समस्या पनि उस्तै छ । उनी पनि पाँच सन्तानका बाबु हुन् । “सबैका छोरा सुकिलामुकिला भएर चाडपर्वमा निस्कन्छन्, खास धेरै प्रगति नगरेपनि छोरा घरमा बस्दैनन्,” उनले भने, “छोरीको विहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को विकल्प के छ र ? पछिल्लो समय दुर्गम गाँउमा बृद्धबृद्धा एक्लिदै गएका छन् ।”

पछिल्लो पुस्ता सहर उन्मुख र सुविधा भोगी भएसँगै गाँउ नबस्दा बृद्धबृद्धा एक्लिदै गएका छन् । सबै बालबच्चाका साथमै रहदा र सँगै खाना खादा रमाइलो हुने बृद्ध आमाबा संझना मात्रै गर्दछन् । “एउटा छोरा बाहिर छ, अरु काठमाडाैंमा बस्छन्,” उनले भने, “यहाँ त हामी दुई बुढाबुढी बस्छौ । सबै बच्चा घरमै हुँदा जे पकाएपनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौ, खाना पनि राम्रोसँग रुच्दैन ।”

“छोराहरु गाँउमा खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्,” उहाँले थप्नुभयो, “यहाँ घर खाली छ, तर छोराहरु कोठा लिएर सहरमा बस्न रुचाउछन् ।” उनीलाई आफ्नो छोराहरु घर नबसेको कुनै चिन्ता देखिदैन । “जमाना नै आधुनिक आयो । उनिहरु त दशै तिहारमा यसो दुई दिन घरबस्ने गरि आउछन्, अनि गइहाल्छन्,” उनले सुनाए ।

आफ्नो जमानामा काठमाडौँ लगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नु पर्ने समस्या रहेको सम्झदै बृद्धबृद्धाहरु हाल गाँउमै सुविधा थपिएको बताउँछन् ।

“घर अगाडी जे चाहिए पनि छ,” कमलामाई नगरपालिका–२ निवासी ७५ बर्षिय बृद्ध सोमबहादुर घलानले भने, “हामी युवा अवस्था हुदाको भन्दा अहिले धेरै सुविधा गाँउमै छ ।” गाँउमा सुविधा बढेपनि छोराहरुलाई शहर बस्ने मोह बढेकाले गाँउमा बृद्धबृद्धा एक्लिदै गएको उनको ठम्याई छ । “हामी मात्रै होइन बाबु, गाँउमा धेरै घर बृद्धबृद्धाको मात्रै भएको छ,” उनले भने, “गाँउका एका÷दुई घर बाहेक बृद्धबृद्धा गाँउ कुरेर बसेका छन् ।” उनी पनि चार छोरोको बाबु हुन्, तर यतिखेर उनकाे साथमा काेही पनि छैनन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending