Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

खबरडबली संवाददाता

काठमाडौं  । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गरे । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

रोहित र दिपेन्द्रको अविजित साझेदारी

रोहितले विजयी चौका प्रहार गरी आफ्नो अर्धशतक पनि पूरा गर्नुभयो । रोहितले ४० बलमा पाँच चौकासहित ५१ रन बनाए । रोहितले १२ रनमा छँदा जीवनदान पाएका थिए । रोहित म्यान अफ दि म्यान पनि बने । दीपेन्द्रसिंह ऐरी पनि २३ बलमा ३४ रन बनाएर आउट हुनुभएन । दीपेन्द्रको पालिमा तीन चौका र एक छक्का सामेल थियो ।

यी दुईले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । यी दुईको साझेदारी बन्नुअघि नेपालले नवौँ ओभरमा ५१ रन बन्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल १४ बलमा एक चौकासहित १४ रन बनाएपछि स्पिनर निलान्स केसवानीको बलिङमा क्याच आउट भए । वन डाउन ब्याट्सम्यान कुशल मल्ल (९ बलमा ११ रन)का रूपमा नेपालको दोस्रो विकेट निस्कियो । आसिफ शेखसँग रन लिने क्रममा तालमेल नमिलेपछि कुशल रन आउट भएका थिए । कुशल आउट भएको दुई ओभरपछि आसिफ पनि अलि नसिरको स्लो बललाई ठम्याउन नसक्दा युएईका कप्तान मोहम्मद वासिमद्वारा क्याच आउट भए । आसिफले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाए ।

नेपालको तेज बलिङमा युएईको पालि कमजोर

यसअघि तेज बलर करण केसीको शानदार बलिङले युएई ठुलो स्कोर बनाउनबाट वञ्चित भएको हो । युएईका लागि बासिल हामिदले ३८ बलमा सबैभन्दा बढी ५१ रन बनाउनुभयो । उनको पालिमा चार छक्का र एक चौका सामेल थियो । बासिलले नासिरसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरी युएईको पालिको उद्धार गरेका हुन् । नसिरले ३० बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

नेपालले खेलको पहिलो ओभरमा नै सफलता पाएको थियो । प्रारम्भिक बलर सोमपाल कामीले खालिद शाहलाई शून्यमा आउट गरेर पहिलो सफलता दिलाएका थिए । त्यसपछि करण र गुलसन झाले युएई को मध्यक्रमलाई कमजोर बनाए । करणले चार ओभरमा मात्र १९ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गरे । गुलसनले तीन ओभरमा ११ रन दिएर दुई विकेट लिए । आज महँगो साबित भएका अर्का तेज बलर अविनाश बोहाेराले अन्तिम ओभरमा विकेट लिएर विकेटकर्ताको सूचीमा आफ्नो नाम लेखाए ।

स्पीनर मौसमको पदार्पण

युएईको पालिमा नेपालका तीनै स्पिनरले विकेट लिन सकेनन् । नेपालका लागि आज स्पिनर मौसम ढकालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेले पनि खेल्नुभयो तर उनको पदार्पण ठिकठाक मात्र बन्यो । स्पिनर मौसम ढकालले दुई ओभरमा १३ रन खर्चेर विकेटविहीन बने ।

‘बलिङले खेल जित्यौँ’

युएईका कप्तान वासिमले लक्ष्य जोगाउने क्रममा सुरुको दस ओभर राम्रो बलिङ गरेपनि रोहित र दीपेन्द्रको ब्याटिङले खेल युएईबाट पर पुर्‍याएको प्रतिक्रिया दिए । यसैगरी नेपालका कप्तान रोहितले नेपालले बलिङ राम्रो गर्दा खेल जित्न सकेको बताए । उनले भने, ‘‘ब्याटिङ अझ राम्रो हुनसक्थ्यो तर जितमा खुसी छु ।’’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending