Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

खबरडबली संवाददाता

काठमाडौं  । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गरे । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

रोहित र दिपेन्द्रको अविजित साझेदारी

रोहितले विजयी चौका प्रहार गरी आफ्नो अर्धशतक पनि पूरा गर्नुभयो । रोहितले ४० बलमा पाँच चौकासहित ५१ रन बनाए । रोहितले १२ रनमा छँदा जीवनदान पाएका थिए । रोहित म्यान अफ दि म्यान पनि बने । दीपेन्द्रसिंह ऐरी पनि २३ बलमा ३४ रन बनाएर आउट हुनुभएन । दीपेन्द्रको पालिमा तीन चौका र एक छक्का सामेल थियो ।

यी दुईले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । यी दुईको साझेदारी बन्नुअघि नेपालले नवौँ ओभरमा ५१ रन बन्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल १४ बलमा एक चौकासहित १४ रन बनाएपछि स्पिनर निलान्स केसवानीको बलिङमा क्याच आउट भए । वन डाउन ब्याट्सम्यान कुशल मल्ल (९ बलमा ११ रन)का रूपमा नेपालको दोस्रो विकेट निस्कियो । आसिफ शेखसँग रन लिने क्रममा तालमेल नमिलेपछि कुशल रन आउट भएका थिए । कुशल आउट भएको दुई ओभरपछि आसिफ पनि अलि नसिरको स्लो बललाई ठम्याउन नसक्दा युएईका कप्तान मोहम्मद वासिमद्वारा क्याच आउट भए । आसिफले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाए ।

नेपालको तेज बलिङमा युएईको पालि कमजोर

यसअघि तेज बलर करण केसीको शानदार बलिङले युएई ठुलो स्कोर बनाउनबाट वञ्चित भएको हो । युएईका लागि बासिल हामिदले ३८ बलमा सबैभन्दा बढी ५१ रन बनाउनुभयो । उनको पालिमा चार छक्का र एक चौका सामेल थियो । बासिलले नासिरसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरी युएईको पालिको उद्धार गरेका हुन् । नसिरले ३० बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

नेपालले खेलको पहिलो ओभरमा नै सफलता पाएको थियो । प्रारम्भिक बलर सोमपाल कामीले खालिद शाहलाई शून्यमा आउट गरेर पहिलो सफलता दिलाएका थिए । त्यसपछि करण र गुलसन झाले युएई को मध्यक्रमलाई कमजोर बनाए । करणले चार ओभरमा मात्र १९ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गरे । गुलसनले तीन ओभरमा ११ रन दिएर दुई विकेट लिए । आज महँगो साबित भएका अर्का तेज बलर अविनाश बोहाेराले अन्तिम ओभरमा विकेट लिएर विकेटकर्ताको सूचीमा आफ्नो नाम लेखाए ।

स्पीनर मौसमको पदार्पण

युएईको पालिमा नेपालका तीनै स्पिनरले विकेट लिन सकेनन् । नेपालका लागि आज स्पिनर मौसम ढकालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेले पनि खेल्नुभयो तर उनको पदार्पण ठिकठाक मात्र बन्यो । स्पिनर मौसम ढकालले दुई ओभरमा १३ रन खर्चेर विकेटविहीन बने ।

‘बलिङले खेल जित्यौँ’

युएईका कप्तान वासिमले लक्ष्य जोगाउने क्रममा सुरुको दस ओभर राम्रो बलिङ गरेपनि रोहित र दीपेन्द्रको ब्याटिङले खेल युएईबाट पर पुर्‍याएको प्रतिक्रिया दिए । यसैगरी नेपालका कप्तान रोहितले नेपालले बलिङ राम्रो गर्दा खेल जित्न सकेको बताए । उनले भने, ‘‘ब्याटिङ अझ राम्रो हुनसक्थ्यो तर जितमा खुसी छु ।’’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending