Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका  प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

“कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ  । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भने, “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।” चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उनले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिए ।

चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भने, “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उनले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गरे । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका छन् । 

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए । उनले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए । उनले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन रनिरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताए । 

चडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ  तर अन्तिम सहमति आइसकेको छैन” उनले  भने । 

प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताए । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending