घोराही । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो।
रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा व्यवसायमा लागेका थिए।
अहिले उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। फार्मको नाम मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म राखेका छन्।
उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन्।
‘मलेसियामा तीन वर्ष काम गरें, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनं, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ,’ उनले भने।
उनका अनुसार पशुपालनबाट अहिले उनी मासिक दुई लाख आम्दानी गरिरहेका छन्।
उनी आफ्नो फार्ममा उत्पादित ३० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन्।
विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ।
‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौं तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौं,’ केसीले भने।
उनले हाल अहिले स्थानीयलाई रोजगारी पनि दिएका छन्।
‘हरेक दिन बिहान ३ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु,’ उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु।’
केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...
पौष १० गते, २०८२ - १४:२६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...




प्रतिकृया लेख्नुहोस्: