गण्डकी । नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो
पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसैँको अवसरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव सुरु भएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।
गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको जानकारी दिँदै उनले परापूर्व कालदेखि दसैँमा नवरात्रभर पूजाका लागि पूजारी दरबारमा बस्ने प्रचलन रहेको बताए । विश्व शान्तिको कामना गर्दै भारद्वारी चौतारामा जम्मा भई मन्दिरमा विधिवत् घटस्थापना गरिएको सचिव त्रिपाठीको भनाइ थियो ।
नवदुर्गा अवधिभर चण्डी पाठ, दुर्गा कवज आदि हुने यस मन्दिरमा फूलपातीका बेला पोखराको रामघाटबाट लगिएको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर तान्त्रिक पूजा गरिन्छ । अष्टमीका दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चबलि दिने पदिने गरिन्छ । फूलपातीकै दिन कुँवर जातीको लोपोन्मुख सैन्य अभ्यास सरुङ खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ । नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिनु यहाँको अर्को विशिष्टता हो ।
विजया दशमीका दिनमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विसर्जन गर्ने प्रचलन छ । कास्कीकै भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।
मन्दिरमा परापूर्वकालदेखि नवरात्र अवधिभर घटस्थापना गरी दैनिक दुर्गा सप्तशति पाठ, फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजा गरी विजयादशमीका दिन सामूहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको उनले बताए । नेपालका बाइसेचौबिसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा प्राचीनकालदेखि पूजा गरिँदै आएको पाइन्छ ।
कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी भाकल तथा सामान्य पूजाका लागि आउने गर्दछन् । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १६ किलोमिटरको पक्की बाटो हुँदै पुग्न सकिने भएकोले पछिल्ला वर्षमा सार्वजनिक सवारीसाधन एवम् निजी सवारीसाधन लिएर दर्शनार्थी पूजाआजाका लागि कोटभैरव मन्दिर आउने गरेको कोषाध्यक्ष महतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: