Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

पोखरा आसपासका ऐतिहासिक कोटमा घटस्थापना

खबरडबली संवाददाता

गण्डकी । नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो

पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसैँको अवसरमा  विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव सुरु भएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।

गुप्तकालिका मन्दिरमा  घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको जानकारी दिँदै उनले परापूर्व कालदेखि दसैँमा नवरात्रभर पूजाका लागि पूजारी दरबारमा बस्ने प्रचलन रहेको बताए । विश्व शान्तिको कामना गर्दै भारद्वारी चौतारामा जम्मा भई मन्दिरमा विधिवत् घटस्थापना गरिएको सचिव त्रिपाठीको भनाइ थियो ।

नवदुर्गा अवधिभर चण्डी पाठ, दुर्गा कवज आदि हुने यस मन्दिरमा फूलपातीका बेला पोखराको रामघाटबाट लगिएको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर तान्त्रिक पूजा गरिन्छ । अष्टमीका दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चबलि दिने पदिने गरिन्छ । फूलपातीकै दिन कुँवर जातीको लोपोन्मुख सैन्य अभ्यास सरुङ खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ । नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिनु यहाँको अर्को विशिष्टता हो ।

विजया दशमीका दिनमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विसर्जन गर्ने प्रचलन छ । कास्कीकै भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।

मन्दिरमा परापूर्वकालदेखि नवरात्र अवधिभर घटस्थापना गरी दैनिक दुर्गा सप्तशति पाठ, फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजा गरी विजयादशमीका दिन सामूहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको उनले बताए । नेपालका बाइसेचौबिसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा प्राचीनकालदेखि पूजा गरिँदै आएको पाइन्छ ।

कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी भाकल तथा सामान्य पूजाका लागि आउने गर्दछन् । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १६ किलोमिटरको पक्की बाटो हुँदै पुग्न सकिने भएकोले पछिल्ला वर्षमा सार्वजनिक सवारीसाधन एवम् निजी सवारीसाधन लिएर दर्शनार्थी पूजाआजाका लागि कोटभैरव मन्दिर आउने गरेको कोषाध्यक्ष महतले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending