प्युठान । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताएका छन् । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
मध्यावधिमा जाँदा देशले ठुलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले त्यस्तो कदम चालेको उनको भनाइ छ । उाले भने, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठुलो खर्च हुन्छ । त्यसबाट जोगाउन यो समर्थन गरेका हौँ ।’
ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको उल्लेख गरे । कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछिलागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उनको भनाइ छ ।
ओलीले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । ‘हरेक वडाबाट एमाले एक्लैले ५१ प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले) ले आफ्नै शक्ति निर्माण गर्नुको विकल्प नरहेको उनले बताए । ओलीले भने, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ । विभिन्न जनविरोधीसँग मिलेर होइन परिवर्तनकामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’ सुशासन विरोधी शक्तिहरूसँग मिलेर सुशासन ल्याउन नसकिने उनको भनाइ छ ।
‘भ्रष्ट तत्त्वसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ’ अध्यक्ष ओलीले भने, ‘हरेक पालिकाबाट, वडाबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरू एक ताल एक लयसाथ अघि बढ्नुपर्छ ।’ उनले भने- ‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिँड्नुपर्छ’ अध्यक्ष ओलीले भने, ‘अराजकता स्वच्छाचारिता लोकतन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।’
उनले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव नगर्ने बताए । कोशी प्रदेशमा कांग्रेसका शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१०
ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...




प्रतिकृया लेख्नुहोस्: