दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहोर्याएकी छन् । दाङको तुलसीपुर–१९ मा नेकपा (माओवादी केन्द्र)ले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताइन् ।
अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, “अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ ।”
“कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो”, मन्त्री शर्माले भनिन्, “व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन ।”
उनले हिजो पदमा रहँदा गल्ती गरेका अहिले कानुनी कारबाहीको दायरामा आइसकेका दृष्टान्त पेस आज पदमा रहँदा गल्ती गरे पनि जो कोहीले पनि भोलि त्यसको कारबाही भोग्नुपर्ने उनको तर्क थियो । कानुनी राज्यको यो वास्तविकता वर्तमान सरकारले स्थापित गरेको सबैका सामु छर्लङ्ग नै देखिएको उनले बताइन् ।
वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताइन् । उहाँले सरकारले सेवा प्रभाव र सुशासनलाई प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री शर्माले आर्थिक समस्याका कारण धेरै ठाउँमा नयाँ विकास योजना राख्न नसकिएको जानकारी दिँदै भएका विकास योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले विकास योजनाको प्राथमिकता निर्धारण गर्नुपर्ने, कम्तीमा एक वडामा सङ्घबाट एउटा र प्रदेशबाट दुई वटा नघट्ने गरी योजना बनाउनुर्नेमा पनि जोड दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: