Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच करोडको कार्यक्रम सार्वजनिक

खबरडबली संवाददाता

गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमामा लागू हुनेगरी रु पाँच करोडभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । परियोजनाले चालु आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वीकृत भएर आएको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । दुई जिल्लाका लागि परियोजनाअन्तर्गत चालु आवमा पुँजीगत तथा चालु खर्चका लागि रु पाँच करोड पाँच लाख रकम प्राप्त भएको कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए ।

परियोजनाअन्तर्गत नयाँ सिँचाइका पूर्वाधार निर्माण गर्न र गत आवमा विस्तार भएका अधुरा सिँचाइ पूर्वाधार निर्माणका लागि रु ९१ लाख प्राप्त भएको उनले बताए । “बगैंचा सुदृढीकरण कार्यक्रमका लागि यस वर्ष रु २४ लाख विनियोजन भएर आएको छ”, प्रमुख ढुङ्गानाले भने, “रु ४० लाख जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरणमा सहयोगका लागि रकम प्राप्त भएको छ ।”

सुन्तला जातका फलफूल बगैँचामा खाद्यतत्व, सुस्मतत्व व्यवस्थापन तथा प्रदर्शनीका लागि रु तीन लाख ५० हजार र चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा कार्यान्वयन सहयोगका लागि रु ६० लाख विनियोजन गरिएको उनले जानकारी दिए । 

त्यस्तै परियोजनाअन्तर्गत चालु आवमा पुराना चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवस्थापन सहयोगमा रु नौ लाख बराबरको कार्यक्रम रहेको छ । “यस वर्ष सुन्तला जातका फलफूलको नमुना बगैँचा स्थापना कार्यक्रमका लागि रु २१ लाख बजेट विनियोजन भएको छ”, प्रमुख ढुङ्गानाले भने, “प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानमा रु ११ लाख २८ हजार प्राप्त भएको छ ।”

परियोजनाले चालु आवमा रु चार लाख १३ हजारको क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण सेवा तथा आकस्मिक बाली संरक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ । त्यस्तै तरकारी क्षेत्र विस्तार तथा नवीनतम् उन्नत प्रविधि प्रदर्शनका लागि रु सात लाख ५२ हजार, आलु जातीय उत्पादन प्रदर्शनी कार्यक्रमका लागि रु आठ लाख, अनुदानमा पिबिएसरउन्नत आलुको बीउ वितरणका लागि रु तीन लाख ९२ हजार, धानको बीउ वृद्धि कार्यक्रमरस्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि रु छ लाख ४० हजार र धान बालीमा नविन प्रविधि प्रदर्शनका लागि रु आठ लाख ८५ हजार विनियोजन भएर आएको उनले जानकारी दिए ।

परियोजनाबाट यस वर्ष स्थानीय तहसँगको समन्वयमा नर्सरी स्रोतकेन्द्र स्थापनारसुदृढीकरणका गर्नका लागि रु छ लाख, अनुदानमा तरकारीको ‘हाइब्रिड’ जातको  बीउ वितरणका लागि रु चार लाख, फलफूलका निजी नर्सरी सुदृढीकरणका लागि रु १० लाख र जोनरसुपरजोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार ९सुन्तला० का लागि रु १३ लाख ५० हजार विनियोजन गरिएको प्रमुख ढुङ्गानाले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending