Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

महिलाकाे पिडा किन दुख्छ स्तन ?

खबरडबली संवाददाता

काठमाडाैं । स्तनको दुःखाई त्यसको अवस्था हेरेर चिकित्सा क्षेत्रमा मास्टाल्जिया, मामाल्जिया र मास्टडेनिया नामले चिनिन्छ । महिलाको स्तनमा पीडा उत्पन्न हुनु प्रायः सामान्य घटना हो ।

स्तन दुख्दा त्यो सुस्तरी आउने र जाने हुनसक्छ, स्तन गह्रौँ र कडा भएको महसुस हुने, स्तनका तन्तुमा जलन हुने वा स्तन नरम परेको अनुभूति हुनसक्छ ।

स्तनको पीडा यदि रजस्वला चक्रसँग जोडिएको छ भने त्यसलाई सामान्य रूपमा लिइन्छ । यो अवस्था मास्टाल्जिया हो । स्तनको पीडा वा कडापना वा नरमपना ठीक स्तनमै हुनु पर्छ भन्ने छैन, यो कोखामुनि वा स्तन वरिपरिको अन्य कुनै भागमा हुनसक्छ । हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने स्तनको पीडाको अर्थ क्यान्सर नै हुन्छ भन्ने होइन ।

प्रायः अवस्थामा स्तनको दुःखाई दुवै स्तनको माथिल्लो भागमा उत्पन्न हुन्छ र कोखातिर फैलिन्छ । माथि नै भनिसकियो स्तनको पीडालाई प्रायः सामान्य नै मानिन्छ र यसको सम्बन्ध कुनै अन्य वा ठूलो समस्यासँग हुँदैन । लगभग ७० प्रतिशत महिलाले सामान्य कारणबाट आफ्नो स्तन दुखेको अनुभव गर्छन् ।

तैपनि स्तन दुख्नुका पछाडि कहिलेकाहीँ केही चिकित्सकीय वा अन्य कारण लुकेका हुन सक्छन् । ती निम्नानुसार छन्:
कस्टोकोन्ड्राइटिस

कस्टोकोन्ड्राइटिस एक प्रकारको बाथ समस्या हो । करङ र स्तन जोडिने स्थानमा यो समस्या आउँछ । स्तनसँग यो समस्या जोडिएको हुँदैन तर यसको पीडाले स्तन नै दुखेको जस्तो लाग्छ । पाको उमेर र बस्ने आसनका कारण यो समस्या बढी देखिन्छ ।

मास्टाइटिस

यो सङ्क्रमणले हुने गर्छ । स्तनमा हुने सङ्क्रमणले पीडा उत्पन्न हुन्छ । प्रायः स्तनपान गराइरहेका महिलालाई यो समस्या आउँछ, स्तनपान गराइरहेका महिलाको स्तनमा सरसफाइको कमीले सङ्क्रमणको जोखिम उच्च रहन्छ ।

थुनिलो भएमा बढी जसो महिलाले यो समस्या अनुभव गर्छन् । यस सङ्क्रमणले ज्वरो आउने, आलस्य लाग्ने, स्तन रातो हुने, दुख्ने लक्षण देखिन्छ ।

सिस्ट
स्तनको आकार विभिन्न खालको हुन्छ । सबै महिलाको स्तन एकै आकार प्रकारका हुँदैनन् । साथै केही महिलामा स्तन दुख्ने गर्छ भने केहीलाई खासै केही हुँदैन । महिलामा दुग्धनली वा ग्रन्थीको विकास हुँदा स्तनमा सिस्ट बन्ने गर्छ ।

स्तनको सिस्ट पानी भरिएका थैली हुन् । जो नरम वा कडा हुनसक्छ । यिनले पीडा उत्पन्न गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् । रजस्वला अवधिमा यी सिस्ट ठूला हुन्छन् र महिला रजोनिवृत्तिमा पुगेपछि सिस्ट आफैँ हराउँछन् ।

औषधि

केही प्रकारका औषधिले समेत स्तनमा पीडा उत्पन्न हुनसक्छ । प्रजनन समस्याको उपचारमा प्रयोग गरिने औषधि, गर्भ निरोधक खाने चक्की, रजोनिवृत्तिपछि प्रयोग गरिने एस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोन औषधि, डिप्रेसनका औषधि, मुटुको उपचारमा प्रयोग गरिने केही औषधि, पिसाब लगाउने केही औषधि आदिले स्तनमा पीडा उत्पन्न हुनसक्ने देखिएको छ ।

असजिलो ब्रा

ब्राका कारणले पनि स्तनमा पीडा हुन्छ । धेरै चुस्त वा खुकुलो ब्रा हुँदा स्तन त्यसमा राम्रोसँग अडिँदैन । जसले गर्दा स्तन दुख्छ ।

स्तन क्यान्सर

प्रायः स्तन क्यान्सरले सुरुमा पीडा हुँदैन । यसै कारण महिलाले स्तन क्यान्सर सुरु भइसकेको सुरुमा चाल पाउँदैनन् ।

स्तनमा अस्वाभाविक गाँठो देखा पर्यो, पीडा उत्पन्न भयो, मासुको झुप्पा महसुस भयो, मुन्टाको रङ फेरियो वा रगतजस्तो देखियो भने तुरुन्त चिकित्सकको सेवा लिनुपर्छ । क्यान्सरले चर्को रूप लिएमा पीडा उत्पन्न हुन्छ । स्तनको पीडाबाट राहत पाउन हामीले केही घरेलु र व्यावहारिक उपाय अपनाउन सक्छौँ ।

घरेलु उपाय

-स्तनमा मिल्ने आकारको ब्रा लगाउने ।
-केफिन र सोडियम (नुन)को उपभोग घटाउने । चिया, चकलेट, कफी, हल्का पेय पदार्थ कम खाने ।
-चिल्लो कम खाने तथा फलफूल, तरकारी र अङ्कुरित खाद्यवस्तु बढी खाने ।
-उचाइ अनुसार शरीरको तौल कायम गर्ने ।
-भिटामिन बी६, बी१ र ई पाइने खाद्यवस्तु बढी खाने ।

सबै उमेरका महिलाले आफ्नो स्तनमा कहिलेकाहीँ पीडा महसुस गर्छन् । रजस्वला उमेर वा रजोनिवृत्ति दुवै अवस्थमा यो समस्या आउन सक्छ । रजोनिवृत्तिपछि स्तन दुख्ने समस्या बारम्बार हुन्छ भने तुरुन्त चिकित्सा सेवा लिन ढिलाइ गर्नुहुँदैन । तथापि अन्य उमेर समूहका महिलालाई पनि असामान्य रूपमा स्तन दुख्छ भने उपचारको बाटो समयमै खोज्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।

सामान्यतया हर्मोन प्रणालीमा आउने परिवर्तनले गर्दा स्तन दुख्ने गरेकाले महिलाले आत्तिनु पर्दैन । रजस्वला, गर्भावस्था, स्तनपान वा रजोनिवृत्तिले हर्मोनको अवस्थामा उतारचढाव आउँछ । यसैले ती अवधिमै स्तन दुख्ने समस्या बढी उत्पन्न हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending