Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

खबरडबली संवाददाता

कञ्चनपुर । बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको हो ।

आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् ।

“पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी, पञ्चदीप, भोकर चढाउने चलन निकै थियो”, उनले भने, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै सबै सामान किन्न पाइन्छ, हातले बनाउँदा टिकाउ भए पनि महँगो हुन्छ, बजारमा सस्तो छ ।”

मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उनले बताए । घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उनको भनाइ छ । “हाल हँसिया बनाउने र त्यसमा धार लगाउने कार्यबाहेक अरु काम नआउँदा परिवारको खर्च धान्न मुस्किल भएको छ”, उनले भने, “पहिला कमाइ हुन्थ्यो, त्यही भएर एक कठ्ठा जग्गा खरिद गरी तीन छोराको विवाह गर्न भ्याएँ, अहिलेको जस्तो भए भोकभोकै बस्नु पर्दथ्यो ।”

 पैसठ्ठी वर्षीय ताम्राकारले आरन पेसालाई निरन्तरता दिँदै आए पनि उहाँका तीनवटै छोरा भने कमाइका लागि भारतमा काम गर्दै आएका छन् । आरनबाट मासिक रु तीनदेखि पाँच हजारसम्ममात्रै आम्दानी हुने गरको उहाँ सुनाउछन् । “धान, गहुँ काट्ने सिजनमा केही कमाइ हुन्छ”, उनले भने, “बाँकी समय थोरैमै चित्त बुझाउनुपर्ने हुन्छ, पुर्खौँदेखिको पेसा भएकाले छाड्न पनि सकिएको छैन ।”

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आरनको काम गर्दै आउनुभएका लक्षी लुहारलाई पनि परिवार पाल्नकै चिन्ता छ । “परम्परात पेसालाई आधुनिक बनाउन नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ”, उनले भने, “आरनलाई आधुनिक बनाउन सरकारी पक्षबाट अनुदानको व्यवस्था गरिनु पर्दछ ।”

बाबुबाजेदेखि सिकेको पेसा नै यही भएकाले अरु काम गर्न नआउँदा अन्योता छाएको उनले बताए । “आरनको काम गर्नेको कमाइ छैन, समाजमा मानप्रतिष्ठा पनि छैन”, उनले भने, “त्यही भएर घरका छोरा भारतमा काम गर्न बाध्य छन् ।”

भारतीय पहाडमा विद्युत्का पोल बोक्ने, सडक खन्ने, विद्युत् पावर हाउसको सुरुङ निर्माण गर्ने र पानीको बाँध बनाउने कार्यमा दलित समुदायका युवाहरू संलग्न छन् । अर्काको जमिनमा खोकाछाप्रा बनाएर आरन चलाउँदै आएका पदम कामी परम्परागत पेसालाई निरन्तरता दिँदै आएका छन् ।
 
“हातमा सीप भनेको त्यही परम्परागत आरन चलाउनुमात्रै हो”, उनले भने, “यसबाट आएको रकम र अन्नले सात जनाको परिवारको पेट पाल्न मुस्किलले पुगेको छ”, रातदिन फलाम थिच्दा पनि मुस्किलले दुई छाक खान नपुग्ने गरेको उहाँको दु:खेसो छ ।

“पेसालाई आधुनिकीकरण गरी सहजरूपमा जीवनयापन गर्नका लागि स्थानीय तहले योजना बनाउनुपर्ने हुन्छ”, दलित अगुवा शिवी लुहारले भने, “अहिलेसम्म आरन चलाएर जीविका चलाउने दलित समुदायका व्यक्तिका लागि योजना बनाइएका छैनन्, पेसालाई आधुनिकीकरण गरी बिनाधितो समूह जमानीका आधारमा ऋणको व्यवस्था गरिनुपर्छ, त्यो पनि हुनसकेको छैन ।” आरन चलाउने दलित समुदायसँग भएको परम्परागत सीप पुरानो भइसकेकाले युवालाई परम्परागत सीपमा परिमार्जन गरी संलग्न गराइनुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending