काठमाडौं । बिदेशमा प्रसिद्धी कमाएको कस्मेटिक गाईनोक्लोजी सेवा नेपालमा पनि मँगलबारबाट सुरु भएको छ । यो सेवा नेपालकी चर्चित प्रसुति चिकित्सक डा. कुन्साङ डोमा शेर्पाले सुरु गरेकी हुन् ।
डा. कुन्साङले आफ्नो नयाँ अस्पताल ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी छन् । भारतकी चर्चित कस्मेटिक गाईनेक्लोजिष्ट डा. सावना चोन्थाङको प्रमुख आतिथ्यतामा मँगलबार सो डाईनोस्टिक सेन्टरको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन गरिएको हो ।
बिगत दुई दशकदेखि प्रसुति चिकित्सकको रुपमा सेवा दिँदै आएकी कुन्साङले काठमाडौंको बौद्ध फुलवारी नजिकै आफ्नै घरमा उपचार केन्द्र ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी हुन् । आफ्नो डाईनोष्टिक सेन्टरमा प्रसुतिसँगै नाक कान घाँटी, मुटु रोग, दन्त रोग, पेट सम्बन्धि समस्या, छाला तथा चर्मरोग, बालरोगसहित विभिन्न रोगको उपचार हुने गरेको पनि उनले बताएकी छिन् । सो सेन्टरमा अत्याधुनिक ल्याव, भिडियो एक्सरे, इसिजी, इको सहित विभिन्न अत्यावस्यक मेसिनरी सामानहरु रहेको उनको भनाई छ ।
‘नेपालमै हामीले पहिलो पटक कस्मेटिक गाईनोक्लोजिस्ट सेवा सुरु गरेका छौं । महिलाहरुको प्रसुतिसँगै विभिन्न रोग र स्किनको समस्याको उपचार कस्मेटिक गाइनो सेवा मार्फत गर्न थालिएको छ ’ डा. कुन्साङले भनिन् ।
गाईनो कस्मेटिक उपचारको लागि आफुहरुले विश्व प्रसिद्ध ‘भेगिसिए’ उपकरण पनि भित्राएको डा. कुन्साङले बताएकी छन् । यो मेसिनबाट पेट देखि मुहारसम्मको चाउरीएको , झोलिएको, छाला स्क्राच भएको जस्ता समस्याको उपचार हुने पनि उनले बताएकी छन् । आफुहरुले गाईनो कस्मेटिक अन्तर्गत धेरै किसिमको सेवा दिने गरेको पनि उनले जानकारी गराएकी छन् ।
भारतको मणिपुरमा रहेको सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन् एस्थेटिक्सकी अध्यक्ष डा. सावना चोन्थाङले आफ्नो एकेडेमीको शाखा डा. कुन्साङले नेपालमा स्थापना गरेको भन्दै सफलताको शुभकामना दिईन् । कार्यक्रममा डा. सावनाले भनिन्,‘अब कस्मेटिक गाईनो उपचारको लागि भारत जानु पर्दैन । नेपालमै डा. कुन्साङले सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन एस्थेटिक्स सेन्टरको साखा काठमाडौंको बौद्धमा स्थापना गरेर यो सेवा यहीबाट दिन थाल्नु भएको छ ।’ यो सेवाले नेपालमा धेरै महिलाहरुलाई फाईदा पुग्ने विश्वास आफुले लिएको पनि डा. सावनाले बताईन् ।
कार्यक्रममा डा. सावनाले नयाँ डा. कुन्साङ डाइनोस्टिक सेन्टरको सफलताको शुभकामना दिईन् । प्रसुति समस्यासँगै विभिन्न रोगको उपचार हुने भएकाले डा. कुन्साङको डाइनोष्टिक सेन्टरले राम्रो सेवा दिने डा. सावनाले कार्यक्रममा बताईन् ।
आफुसँग कस्मेटिक गाईनोक्लोजिस्ट्को प्रशिक्षण लिएका नेपालका विभिन्न गाईनो डाक्टरहरुलाई सो क्रममा डा. सावनाले प्रमाणपत्र प्रदान गरिन् । उनीहरुले केक काटेर ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’ उद्घाटनको खुसीयाली मनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: