Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

तराई र पूर्वमा दंगा चलदा सरकारको मौन समर्थनको रहेकाे आराेप

खबरडबली संवाददाता

काठमाडौं । देशमा धार्मीक तथा जातिय दंगा फैलिरहँदा राज्य चुप रहनुले त्यसमा शासकहरुको मौन समर्थन हुनसक्ने तीन दलले आशंका व्यक्त गरेका छन् । सोमबार संवाद डबलीमा उनिहरुले संयुक्त पत्रकार सम्मेलन गरी, प्रचण्ड नेतृत्व सरकारले धार्मीक अतिवादीहरुलाई नियन्तरणमा तदारुकता नदेखाएको आरोप सेमत लगाएका हुन् ।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले पूर्वको धरान तराईको सरलाही हुँदै देशभरी धार्मीक द्घन्द फैलिरहेको र देशलाई अस्थिर बनाउने अतिवादीहरुलाई नियन्तरण गर्नुको साटो राज्य मुखदर्शक बनेको आरोप लगाए । पूर्व गृहराज्य मन्त्रीसमेत रहिसकेका अन्सारीले ठूलो बलिदानी पश्चात आएको परिवर्तनलाई उल्ट्याउन षड्यन्त्र भएको बताउँदै भने,“तानाशाहरुलाई फालेर आएको परिवर्तन सहजै कहाँ उल्टिन्छ ।” राजा आउ देश बचाउ हैन, किन कि राजा ल्याएर जनता पुनः जंगली राजमा फर्कदैनन् । अन्सारीले थपे । देशमा क्रान्तिकारीहरु सत्तामा हुँदा जातिय तथा धार्मीक दंगाले बढावा पाएको र अतिवादीहरुसामु सरकारले हात जोडेको आरोप लगाए ।

सामाजिक एकता पार्टीका अध्यक्ष सिबि गहतराजले बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशीता अनि धर्मनिरपेक्षता जस्ता उपलब्धीमाथि प्रहार गरेर त्यसलाई उल्ट्याउन सुनियोजित हमला भएको बताए । कुनै जाति र धर्म विशेषको लागि मात्रै नभएर सबैको समान अधिकार र उपलब्धिहरुको रक्षाका लागि ३ दलले सहकार्य गरेर संघर्ष गर्ने बताए ।  नवलपरासी, सुर्खेत, धनुषा, सर्लाही, महोत्तरीमा भएका धार्मिक अतिवादी घटना तथा ज्यादती बारे आम नेपाली सबै सतर्क र सचेत हुन आग्रह गर्दै, सरकर त्यस्ता गतिविधिमाथि खरो उत्रनु पर्ने मागसमेत राखे ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जनयुद्धको समयमा परिवर्तनकारी शक्तिहरुका टाउकाको मूल्य ५० लाख तोके जस्तै अहिले शान्ति कालमा पनि नागरिकालाई अमेरिकी बनाउन ५० लाख तोक्नु दुर्भाग्य भएको बताए । देशमा भ्रष्टाचार महंगी र कालोबजारी बढीरहँदा सरकार सामान्य झारो टार्ने र सत्ता जोगाउन लागेको आरोप लगाए ।

तीन दलाले संयुक्त पत्रकार सम्मेलन मार्फत विगत सात महिनादेखि चलिरहेको प्रदेश नम्बर–१ (कोशी) नामाकरण विरुद्धको आन्दोलन्, धार्मीक दंगा, लाखौं युवा पलायन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावह रूपमा बढीरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्को निराकरणका लागि प्रभावकारी कदम चालियोस भनेर पनि जोडदार माग राखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending