काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चुनावमा सहभागी हुन योग्य ठहरिएका ११४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेसँगै चुनावी प्रतिस्पर्धाको स्पष्ट तस्वीर देखिएको हो ।
हाल देशभर दर्ता रहेका १४३ राजनीतिक दलमध्ये १२० दलले निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । आयोगको छानबिनपछि ११४ दल मात्रै चुनावी मैदानमा उत्रन पाएका छन् भने १३ दल प्रक्रिया नपुगेपछि बाहिरिएका छन् ।
यस निर्वाचनमा १०२ दलले आफ्नै–आफ्नै चिन्ह प्रयोग गरेर मत माग्नेछन् भने पाँच समूहमा आबद्ध १२ दलले संयुक्त (एकल) निर्वाचन चिन्हमार्फत प्रतिस्पर्धा गर्नेछन् । आयोगका अनुसार यही कारण मतपत्रमा कुल १०७ वटा मात्रै चिन्ह राखिएको हो ।
अघिल्लो समानुपातिक निर्वाचनमा प्राप्त मतको आधारमा ११ प्रमुख दललाई अग्रस्थानमा राख्दै क्रमसंख्या तोकिएको छ । पहिलो नम्बरमा नेकपा (एमाले) को ‘सूर्य’ छ भने दोस्रोमा नेपाली काँग्रेसको ‘रूख’ र तेस्रोमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘पाँचकुने तारा’ चिन्ह परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टीलगायत दल त्यसपछि क्रमशः सूचीकृत छन् ।
१२ नम्बरदेखि भने नयाँ र अपेक्षाकृत कम परिचित दलका चिन्ह समावेश गरिएका छन् । ‘लौरो’, ‘खुलेको आँखा’, ‘बासुरी’, ‘अँजुलीमा माटो’, ‘बलिरहेको बिजुलीको चिम’ जस्ता नयाँ चिन्हहरू यस पटक मतपत्रमा देखिनेछन् । केही चिन्ह नयाँ राजनीतिक अनुहार र आन्दोलनसँग जोडिएका भएकाले मतदाताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
आयोगका अनुसार मतपत्र व्यवस्थापन, मतदातालाई चिन्ह पहिचान गर्न सजिलो होस् भन्ने उद्देश्यले क्रमसंख्या र चिन्ह निर्धारणमा विशेष ध्यान दिइएको छ । चिन्ह टुंगिएसँगै अब दलहरू मतदाता शिक्षादेखि प्रचार–प्रसारसम्मको चरणमा पूर्ण रूपमा प्रवेश गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...
माघ १९ गते, २०८२ - १८:३४
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...



प्रतिकृया लेख्नुहोस्: