काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चुनावमा सहभागी हुन योग्य ठहरिएका ११४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेसँगै चुनावी प्रतिस्पर्धाको स्पष्ट तस्वीर देखिएको हो ।
हाल देशभर दर्ता रहेका १४३ राजनीतिक दलमध्ये १२० दलले निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । आयोगको छानबिनपछि ११४ दल मात्रै चुनावी मैदानमा उत्रन पाएका छन् भने १३ दल प्रक्रिया नपुगेपछि बाहिरिएका छन् ।
यस निर्वाचनमा १०२ दलले आफ्नै–आफ्नै चिन्ह प्रयोग गरेर मत माग्नेछन् भने पाँच समूहमा आबद्ध १२ दलले संयुक्त (एकल) निर्वाचन चिन्हमार्फत प्रतिस्पर्धा गर्नेछन् । आयोगका अनुसार यही कारण मतपत्रमा कुल १०७ वटा मात्रै चिन्ह राखिएको हो ।
अघिल्लो समानुपातिक निर्वाचनमा प्राप्त मतको आधारमा ११ प्रमुख दललाई अग्रस्थानमा राख्दै क्रमसंख्या तोकिएको छ । पहिलो नम्बरमा नेकपा (एमाले) को ‘सूर्य’ छ भने दोस्रोमा नेपाली काँग्रेसको ‘रूख’ र तेस्रोमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘पाँचकुने तारा’ चिन्ह परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टीलगायत दल त्यसपछि क्रमशः सूचीकृत छन् ।
१२ नम्बरदेखि भने नयाँ र अपेक्षाकृत कम परिचित दलका चिन्ह समावेश गरिएका छन् । ‘लौरो’, ‘खुलेको आँखा’, ‘बासुरी’, ‘अँजुलीमा माटो’, ‘बलिरहेको बिजुलीको चिम’ जस्ता नयाँ चिन्हहरू यस पटक मतपत्रमा देखिनेछन् । केही चिन्ह नयाँ राजनीतिक अनुहार र आन्दोलनसँग जोडिएका भएकाले मतदाताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
आयोगका अनुसार मतपत्र व्यवस्थापन, मतदातालाई चिन्ह पहिचान गर्न सजिलो होस् भन्ने उद्देश्यले क्रमसंख्या र चिन्ह निर्धारणमा विशेष ध्यान दिइएको छ । चिन्ह टुंगिएसँगै अब दलहरू मतदाता शिक्षादेखि प्रचार–प्रसारसम्मको चरणमा पूर्ण रूपमा प्रवेश गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: