Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

खबरडबली संवाददाता

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा मात्रै करिब १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले कार्यालयको भौतिक संरचनामा क्षति पुर्‍याएपछि केही दिन सेवा प्रवाह प्रभावित भएको थियो । तर, तत्काल मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत हाल सबै सेवा नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए ।

तीन महिनाको अवधिमा प्रशासन कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस तथा प्रमाणीकरणलगायतका सेवा उल्लेख्य संख्यामा प्रदान गरेको छ । यस अवधिमा पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ भने तीन हजार छ सय ५९ जनालाई राहदानी र तीन हजार छ सय ७ जनालाई नागरिकता प्रदान गरिएको छ ।

यस्तै एक हजार दुई सय १३ जनालाई सिफारिस तथा प्रमाणीकरण सेवा दिइएको छ भने चार सय ३४ जनाका गुनासा सम्बोधन गरिएको छ । तीन सय ९८ जनालाई संस्था दर्ता तथा नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र तथा ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

नागरिकताको विवरण हेर्दा साउनदेखि असोजसम्म तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरिएको छ । तीमध्ये एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि हुन् । नयाँ नागरिकता पाउनेमध्ये बहुसंख्यक वंशजका आधारमा रहेका छन् । सोही अवधिमा छ जनाले नागरिकता परित्यागसमेत गरेका छन् ।

यसैगरी एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ भने एक हजार छ सय ५३ राहदानी वितरण र दुई हजार जनाको राहदानी विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रतर्फ १० हजारभन्दा बढी परिचयपत्र सम्बन्धित पालिकामा वितरणका लागि पठाइएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ अधिकारीले चुनौतीपूर्ण परिस्थितिमा पनि सेवा नरोकिनु प्रशासनको प्रतिबद्धता र नागरिकप्रतिको जिम्मेवारीको प्रतिफल भएको उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

भारतको बजेट भाषणमा नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...

फेरि हिउँ र पानीको सम्भावना, बुधबारदेखि मौसम सुध्रिने

काठमाडौं । आगामी २० माघ मंगलबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE