काठमाडौँ । कुनै समय ग्रामीण भान्साको प्रमुख दिगो ऊर्जा समाधानका रूपमा स्थापित बायोग्यास प्लान्टहरू आज उपेक्षा, मर्मत अभाव र नीतिगत कमजोरीका कारण क्रमशः निष्क्रिय हुँदै गएका छन् । अर्बौँ रुपैयाँ अनुदान खर्चेर जडान गरिएका यी प्रणाली प्रयोगबिहीन बन्दै जाँदा नेपालको ऊर्जा रूपान्तरण लक्ष्य नै जोखिममा परेको देखिएको छ ।
काठमाडौं विश्वविद्यालय नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशालाले गरेको पछिल्लो अध्ययनले बायोग्यास प्रविधि गम्भीर संकटमा परेको निष्कर्ष निकालेको छ । मध्यपहाडी र तराई क्षेत्रका १० जिल्लामा गरिएको फिल्ड अवलोकन र २ हजार ५५९ घरपरिवारसँगको अन्तर्वार्ताबाट आधाभन्दा बढी प्लान्ट काम नलाग्ने अवस्थामा पुगेको पाइएको हो ।
अध्ययनअनुसार ५४ प्रतिशत बायोग्यास प्लान्ट पूर्ण वा आंशिक रूपमा बन्द छन् । ग्यास डाइजेस्टर चर्किनु, पाइपलाइन खिया लाग्नु, मिक्सर जाम हुनु र संरचना भत्किनुजस्ता समस्याले थोरै मर्मतमै जोगिन सक्ने प्रणालीसमेत अलपत्र बनेका छन् ।
सबैभन्दा चिन्ताजनक अवस्था तनहुँ जिल्लामा देखिएको छ, जहाँ ५९ प्रतिशत प्लान्ट निष्क्रिय छन् । बायोग्यासको उच्च पकड क्षेत्र मानिने तनहुँको अवस्था देशव्यापी प्रवृत्तिको प्रतिनिधि बनेको अध्ययनले औंल्याएको छ ।
एक प्रणाली जडान गर्न औसत ८० हजार रुपैयाँ खर्च हुने गर्छ । सर्वेक्षणमा समेटिएका प्लान्ट मात्रै हेर्दा ११ करोड रुपैयाँभन्दा बढीको लगानी खेर गएको देखिन्छ । देशभर झन्डै ४ लाख ५० हजार घरपरिवारमा बायोग्यास जडान गरिएको र अधिकांशमा सरकारी अनुदान दिइएकाले अर्बौँ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति प्रयोगविहीन भएको अध्ययनले जनाएको छ ।
प्राविधिक असफलता, ग्रामीण जीवनशैलीमा आएको परिवर्तन र कमजोर अनुगमन प्रणालीका कारण राष्ट्रिय बायोग्यास प्रबर्द्धन कार्यक्रम प्रभावहीन बन्दै गएको प्राध्यापक सुनिल प्रसाद लोहनी बताउँछन् । उनका अनुसार पारदर्शी अनुदान, दक्ष प्राविधिक र स्थानीय सेवा सञ्जाल बलियो नबनाए बायोग्यास क्षेत्र पूर्ण रूपमा धराशायी हुन सक्छ ।
अध्ययनका सहलेखक पोषण श्रेष्ठले बायोग्यासप्रतिको जनविश्वास खस्कँदै गएको उल्लेख गरे । “कम ग्यास उत्पादन, मर्मत सेवा नपाइनु र स्पेयर पार्ट्स अभावले मानिस पुनः दाउरा र एलपी ग्यासमा फर्किएका छन्,” उनले भने ।
यो अवस्था वातावरणीय दृष्टिले पनि चिन्ताजनक छ । नेपालले वार्षिक झन्डै ५२ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात गरिरहेको छ भने दाउराको प्रयोगले करिब ६६ मिलियन टन कार्बन उत्सर्जन हुने अनुमान छ ।
जिल्लागत रूपमा सञ्चालनमा रहेका बायोग्यास प्लान्टको अवस्था हेर्दा झापामा ५८ प्रतिशत र सर्लाहीमा ५८ प्रतिशत सञ्चालनमै छन् भने कास्कीमा ५० प्रतिशत, मकवानपुरमा ४८ प्रतिशत र मोरङमा ४४ प्रतिशत मात्र सक्रिय छन् ।
अध्ययनले सामान्य मर्मत, नियमित अनुगमन र स्थानीय प्राविधिक उत्पादनमा लगानी गरे बायोग्यास प्रणाली पुनर्जीवित गर्न सकिने निष्कर्ष निकालेको छ । तर, तत्काल नीतिगत र संस्थागत सुधार नभए स्वच्छ ऊर्जा र दीगो विकास लक्ष्य हासिल गर्न बायोग्यासको भूमिका सीमित हुँदै जाने चेतावनी दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: