Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भयाे : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको प्रधानमन्त्रीले बताए ।

नेपालमा द्दन्द्दबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तराष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अति कम विकसित मुलुकहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन समेत नेपाल सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदलाई आफनो भ्रमणबारे जानकारी गराएका हुन् । चीनको भ्रमणले विगत चार वर्षदेखिको नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रम्ण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्री प्रच्ण्डले स्मरण गरे ।

‘उच्चस्तरमा भएको दिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने र नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending