काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थित वनदेवी आधारभूत विद्यालयमा समाजसेवी स्व.राकेश हमालको सालिक अनावरण एवं कम्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यसंताे बताएका हुन् ।
शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन नसकिने बताउँदै ‘आधारभूत तहमा शिक्षले ६ देखि १८ हजारको बीचमा तलब पाउँदा रहेछन् । यति सुविधामा शिक्षकले कस्तो पढाउला ? विद्यार्थी कस्तो बन्ला ?’, उनले प्रश्न गरे । शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर पूरा गर्नुपर्ने उनले बताए ।
मुलुकमा हरेक क्षेत्र अराजकतातर्फ धकेलिएको भन्दै उनले नेपाली समाजमा सद्भाव बिथोल्ने प्रयास भैरहेको बताए । ‘कोशी प्रदेश, धरान र सर्लाहीको केही घटनाले हामीलाई गम्भीर बनाएको छ । कतै नेपाली समाजमा जातीय र धार्मिक द्वन्द्व सिर्जना हुदैछ कि भन्ने चिन्ता बढेको छ’, कोइरालाले भने ।
कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्र आचार्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा र डिजिटल सचेतना उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले काठमाडौंमै भएर पनि विकासको दृष्टिले पछि परेका क्षेत्रहरुमा सबैले चासो दिनुपर्ने बताइन् । उनले शंकरापुर क्षेत्रका विद्यालयहरुलाई सुदृढ र गुणस्तरीय बनाउन आफूले पहल गर्ने बताइन् ।
सो क्रममा समाजसेवी स्व. राकेश हमालको शालिक अनावरण गरिएको थियो भने सफा सुनौलो नेपालद्वार निर्माण गरिएको कम्प्युटर ल्याब विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: